१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर आधाभन्दा बढीमा



धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् । त्योभन्दा अघिल्लो साता नमूना परीक्षण गराएका पाँच हजार ३४६ मध्ये झण्डै ४३ प्रतिशत अर्थात् दुई हजार २९० मा सङ्क्रमण पुष्टि भएको थियो ।

गत एक वर्षको अवधिको सङ्क्रमणसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने हो भने अहिलेसम्म पिसिआरबाट नमूना जाँच गरिएकामध्ये झण्डै १६ प्रतिशत सङ्क्रमित भएको पाइएको छ । प्रदेशमा हालसम्म पिसिआरबाट एक लाख ६२ हजार २७८ को नमूना परीक्षण भएकामा २५ हजार ४५४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत वैशाखदेखि शुरु गरिएको एन्टिजेन परीक्षणतर्फ भने हालसम्म ३५ हजार १७२ को नमूना परीक्षण भएकामा झण्डै १४ प्रतिशत अर्थात् चार हजार ९६६ मा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा यो रोगबाट मृत्यु हुने दर पनि गत हप्ता अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार मात्रै कैलाली, कञ्चनपुर, डडेलधुरा, बझाङ, बैतडी, अछाम र दार्चुलाका गरी १६ सङ्क्रमितको मृत्यु भएको थियो । हप्ता दिनमा प्रदेशमा जम्मा १२९ जनाको मृत्यु भएको छ । अघिल्लो हप्ता ९९ जनाको मृत्यु भएको थियो । हालसम्म एन्टिजेन परीक्षणबाट पोजिटिभ देखिएका १६९ र पिसिआरबाट पोजिटिभ देखिएका १८५ समेत ३५४ सङ्क्रमितको मृत्यु भएको छ ।

उपचार व्यवस्थापनपछि हालसम्म पिसिआर पोजिटिभ भएका १६ हजार २२० र एन्टिजेन पोजिटिभ भएका दुई हजार ५८९ जना घर फर्किनुभएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म सङ्क्रमित हुनेमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका आठ हजार ३८७ व्यक्ति छन् । नौ वर्षसम्मको उमेर समूहका एक हजार २२ बालबालिका सङ्क्रमित भएका छन् ।

त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका छ हजार ६०४, ४० देखि ४९ वर्ष उमेर समूहका तीन हजार ६५३, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार १२४ र ६० देखि ६९ वर्ष उमेर समूहका ८६६ जना सङ्क्रमित भएका छन् । तुलनात्मकरूपमा ७० वर्ष माथिको उमेर समूहका व्यक्ति कम सङ्क्रमित छन् ।

सङ्क्रमण र मृत्यु दर उच्च बनेसँगै कोरोनाको जस्तो लक्षण देखिएका धेरै सर्वसाधारण हाल होम आइसोलेशनको एकान्तबासमा रहेका छन् । यीमध्ये जटिल अवस्थाका कतिपयले नमूना परीक्षण गराएका छन् । सामान्य अवस्थाका यस्ता बिरामीले नमूना परीक्षण गराएका छैनन् । धेरै व्यक्ति स्वास्थ्यकर्मीको प्रत्यक्ष परामर्शविना नै घरेलु उपचार विधिमा आश्रित हुनुपरेको छ ।

“स्वास्थ्य परामर्शका लागि चिकित्सकलाई फोन गर्दा फोन उठ्दैन, अब भगवान्को भरोसामा ओछ्यानमै बस्नुभन्दा अर्को विकल्प छैन”, होम आइसोलेशनमा बस्नुभएका एक जनाले टेलिफोनमा गुनासो सुनाएका छन् । नमूना परीक्षण गराउन पनि शङ्कास्पद बिरामीलाई सकस भइरहेको छ । नमूना सङ्कलन गर्दा लामो लाइनमा घण्टौँसम्म उभिनु पर्ने अवस्थाले सङ्क्रमण थप फैलिने जोखिम पनि देखिएको छ ।

प्रदेशको धनगढीमा सञ्चालनमा रहेको एक मात्र मालिका ग्यास उद्योग बिग्रिएर उत्पादन बन्दा हुँदा भएको अक्सिजनको अभावले जटिल अवस्थाका बिरामीको उपचार व्यवस्थापनमा थप समस्या भएको छ ।

 

‘अक्सिजन कन्सन्ट्रेटर’अभियान शुरु

कोरोना भाइरसका जटिल अवस्थाका बिरामीको जीवन रक्षाका लागि धनगढीमा ‘अक्सिजन कन्सन्ट्रेटर’ अभियान थालिएको छ । रोटरी क्लब अफ धनगढीको आह्वानमा थालिएको यो अभियानले अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पताललाई उपलब्ध गराउने सोच राखिएको छ । अभियान शुरु भएपछि प्रदेशका विभिन्न समाजसेवी र सङ्घसंस्थाले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।

यसैबीच नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापना गर्न धनगढी उपमहानगरपालिकाले स्थापना गरेको ‘मेयर कल्याणकारी कोष’मा १० लाख सहयोग गरेकी छिन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : ४५ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना