३ पुस २०८२, बिहिबार | December 18, 2025

योगेशको ठहर : एमालेको एकता समस्याको मुल जड – ओली, खनाल र नेपाल



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी विवादको मूल जड नेतृत्व पंक्तिमा रहेका मुख्य तीन नेता भएको दाबी गरेका छन् ।

माधव झलनाथ पक्षका भनिएका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै एमाले एकताको मूल समस्याको मूल जड अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमारनेपाल भएको जिकिर गरेका हुन् ।

भट्टराईले अन्य दलसँग साझेदारी गर्न तयार हुने शीर्ष नेतृत्व आफ्नै नेताहरुसँग गम्भीर छलफल र साझा निस्कर्ष निकाल्न तयार नहुनेभन्दै आश्चर्य जनाएका छन् । उनले कसले किन र के कालागि यो सब गरेको भन्दै प्रश्न समेत गरेका छन् । एमाले एकताको समस्याको जड यही भएको उनको भनाइ छ ।

उनले भनेका छन्, – ‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कस्ले, किन र के का लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ ।’

नेता भट्टराईले यस विषयमा नेताहरुबीच गम्भिर छलफल गरी साझा निस्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी रहेको उल्लेख गरेका छन् ।

 

नेता भट्टराई नेपालपक्ष भित्र जुनसुकै शर्तमा एमाले विभाजन हुनु हुँदैन भन्ने मध्यएका एक नेता हुन् । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको राष्ट्रपतिको समावेदन र सर्वोच्चको रिट दुबैमा हस्ताक्षर गरेका छैनन् । तर नेपाल पक्षबाट आउने सबै साझा विज्ञप्तिमा भने भट्टराईको हस्ताक्षर रहँदै आएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ९ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका