२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रियसभाका नवनिर्वाचित सांसद पाण्डेले लिए सपथ



काठमाडौं । राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सांसद दृघनारायण पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

संसद सचिवालयमा बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ गराएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित चन्द्रबहादुर खड्काले दल त्याग गरेर एमाले बनेपछि रिक्त बनेको अन्य समुहअन्तर्गतको स्थानमा यही जेठ १७ गते उपनिर्वाचन भएको थियो ।

सो उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्रसहितका विपक्षी दलको साझा उम्मेदवार बनेका पाण्डेले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका थिए ।

पाण्डे त्यसअघि लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका सांसद थिए । एमाले दल परित्याग गर्दै पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ११ : ४१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय