२१ चैत्र २०८२, शनिबार | April 4, 2026

वरिष्ठ अधिवक्ता थापालाई न्यायाधीस खतिवडाको प्रश्न : अन्तरिम आदेश दिनुपर्ने कारण के हो ?



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

प्रधानन्यायाधीस चोलेनन्द्र शमशेर जबराले यही इजलासबाट सुुनवाइ अघि बढ्ने जनाएसँगै रिट निवेदक तर्फका वकिलहरुले बहस गर्न सुरु गरेका हुन् ।

बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले विश्वासको मत म लिन सक्दिनँ भनेको प्रधानमन्त्री प्रधानमन्त्री हुन नसक्ने जिकिर गरे । थापाले भने, ‘धारा १०० को उपधारा ३ ले विश्वासको मत नपाए पदमुक्त हुने भनेको छ । विश्वासको मत पाउन सक्दिन भनेपछि ऊ स्वतः पदमुक्त प्रधानमन्त्री हो ।’

वरिष्ठ अधिवक्ता थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथका लागि बाटो खोल्नुपर्ने माग गरेका थिए । थापाले प्रश्न गरे धारा ७६९५० अनुसारको बहुमत सांसदले प्रधानमन्त्री नियुक्तिको दाबीसहित हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न कसरी सक्छन् ?

थापाले भने, संसदीय प्रजातन्त्र हाम्रो संविधानले रक्षा गरेको छ । धारा ७६ को व्यवस्थाले संसदीय व्यवस्थासंग जोडिएको छ । यो कार्यान्वयन नहुँदा संविधान नै फेल हुन्छ ।’

त्यसअघि न्यायाधीस इश्वर खतिवडाले वरिष्ठ अधिवक्ता थापालाई अन्तिम आदेश दिनुपर्ने आधार के हो भनि प्रश्न गरेका थिए ।

पहिलो बहस सुरु गरेका वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ को उपधारा ४ को प्रयोग नगरी उपधारा ५ मा जान नमिल्ने बताएका थिए ।

संविधानको धारा ७६(५) बमोजिम सरकार बने पनि घोषणा नगरिएको जिकिर गरेका छन्।

आजको इजलासमा न्यायाधीस ईश्वर खतिवडाले अब इजालस गठनबारे अरु कुनै कुरा नसुन्ने बताएका छन् । यससँगै प्रतिनिधिसभा विघटबारे इजलास मुद्दामा केन्द्रित भएर बहस सुरु भएको हो ।

अहिले चिया ब्रेक भएको छ । चिया ब्रेक सकिएपछि पनि पुनः निरन्तर बहस जारी रहनेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १ : ०४ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा