२१ चैत्र २०८२, शनिबार | April 4, 2026

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै, बादल पत्नी नैनकला थापा संचारमन्त्री बन्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले सात जना मन्त्री र एकजना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पूर्वमाओवादी पक्षका तर्फबाट दुई जनालाई सामेल गरेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा संचार मन्त्री बन्ने भएकी छिन् । यस्तै ज्वालाकुमारी साह कृषिमन्त्री बन्नेभएकी छिन् ।

यस्तै, जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले उद्योगमन्त्री पाएका छन् । जसपाभित्र ठाकुर समुहका नेता यादवलाई मन्त्री नबनाउँदा उनी ठाकुर समुह नै छोड्ने देखिएपछि मन्त्री पाएका हुन । यससँगै ओली मन्त्रिपरिषदमा जसपाले ११ वटा मन्त्रालय पाएको छ ।

प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई ल्याएका छन् । महेश बस्नेतको नाम समेत चर्चामा आएपनि अधिकारीले गृहमन्त्रालय पाएका छन् ।

यस्तै, नारदमुनी राणा नारदमुनी राना, वनमन्त्री, मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वनराज्यमन्त्री बन्नेभएका छन् । माधव नेपाल समुह छोडेर ओली समुहमा लागेका पहाडी पनि मन्त्रीपदबाट पुरस्कृत भएका हुन् ।

मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १२ : २५ बजे

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र