२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनीद्धारा विपन्नलाई राहत प्रदान



बुटवल । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनाा पाल्पाको रैनादेबी छहरा गाँउपालीका वडा न. ७ का गहते, काउले, चिदिपानी, लौतपानी, सुकादमार र बल्ढेङ्गमा रहेका ६८ घर परिवारका बिपन्न् परिवारका खाद्यान्न वितरण गरेको छ ।

राहत वितरण अभियानमा राष्ट्र बैंकका पुर्व गभर्नर डा। चिरन्जीव नेपालले २५ हजार रुपैयाँ सहयोग गरेका थिए भने सोहि स्थानमा जन्म भइ हाल यु.के. भोज बहादुर लम्तरी, सोहि स्थानमा जम्म भइ हाल चितवनमा बस्तु हुने कल्पना खड्का, पाल्पा बल्ढेङ्गगढीमा जन्म स्थान भई विभिन्न स्गानमा बस्दै आएका व्याक्तिहरुले सहयोग सौजन्य गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिईन ।

सिद्धार्थ बिकास केन्द्रद्धारा २ जना गर्भवती, एक जना सुत्केरी , ४ जना किशोरीलाई मर्यादा किट संस्थाका पूर्व अध्यक्ष पोम नारायण पौडेलले उपलब्ध गराएका थिए । राहात तथा स्वाथ्य सामग्री वितरण कार्यक्रममा संस्थाका रूपन्देही,कपिलबस्तु, पाल्पा शाखाको संयोजकत्वमा भएको हो ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता, वडा न. ७ का वडा अध्यक्ष लोकेन्द्र बहादुर खड्का को प्रमुख आतिथ्यतामा मा राहत वितरण गरिएको हो ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज नारायणी अन्चल सल्लाहकार तथा समाजिक व्यक्तित्व कल्पना पौडेल खड्का, युवा नेता झपेन्द्र रायमाझी कपिलवस्तु संयोजक चन्द्रा अर्याल लगायतका व्याक्तिहरूले मन्तब्य राखेको लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्का बिस्टले जानकारी दिईन । यो भन्दा पहिला पनि उक्त ठाउमा रहेको गहते मा बि। मा अक्षय कोष तथा स्टेसनरि र व्याग बितरणा गरेको प्रदेश अध्यक्ष लता खण्ड्काले जानकारी दिईन ।

भौगोलिक रूपमा कठिन रहेका गाउहरूमा सहयोग गर्ने संस्थाको मुल उद्धेस्य अन्तर्गत उक्त स्थानमा सो कार्यक्रम गरेको संस्थाका अध्यक्ष यमु शर्मा सुब्बाले जानकारी दिईन । रूपन्देहीका सदस्य इश्वरी पन्त भुषालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन रूपन्देही शाखाका सह सचिब इन्द्र बि.क ले गरेकी थिईन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १२ : ४१ बजे

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे