१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनीद्धारा विपन्नलाई राहत प्रदान



बुटवल । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनाा पाल्पाको रैनादेबी छहरा गाँउपालीका वडा न. ७ का गहते, काउले, चिदिपानी, लौतपानी, सुकादमार र बल्ढेङ्गमा रहेका ६८ घर परिवारका बिपन्न् परिवारका खाद्यान्न वितरण गरेको छ ।

राहत वितरण अभियानमा राष्ट्र बैंकका पुर्व गभर्नर डा। चिरन्जीव नेपालले २५ हजार रुपैयाँ सहयोग गरेका थिए भने सोहि स्थानमा जन्म भइ हाल यु.के. भोज बहादुर लम्तरी, सोहि स्थानमा जम्म भइ हाल चितवनमा बस्तु हुने कल्पना खड्का, पाल्पा बल्ढेङ्गगढीमा जन्म स्थान भई विभिन्न स्गानमा बस्दै आएका व्याक्तिहरुले सहयोग सौजन्य गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिईन ।

सिद्धार्थ बिकास केन्द्रद्धारा २ जना गर्भवती, एक जना सुत्केरी , ४ जना किशोरीलाई मर्यादा किट संस्थाका पूर्व अध्यक्ष पोम नारायण पौडेलले उपलब्ध गराएका थिए । राहात तथा स्वाथ्य सामग्री वितरण कार्यक्रममा संस्थाका रूपन्देही,कपिलबस्तु, पाल्पा शाखाको संयोजकत्वमा भएको हो ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता, वडा न. ७ का वडा अध्यक्ष लोकेन्द्र बहादुर खड्का को प्रमुख आतिथ्यतामा मा राहत वितरण गरिएको हो ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज नारायणी अन्चल सल्लाहकार तथा समाजिक व्यक्तित्व कल्पना पौडेल खड्का, युवा नेता झपेन्द्र रायमाझी कपिलवस्तु संयोजक चन्द्रा अर्याल लगायतका व्याक्तिहरूले मन्तब्य राखेको लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्का बिस्टले जानकारी दिईन । यो भन्दा पहिला पनि उक्त ठाउमा रहेको गहते मा बि। मा अक्षय कोष तथा स्टेसनरि र व्याग बितरणा गरेको प्रदेश अध्यक्ष लता खण्ड्काले जानकारी दिईन ।

भौगोलिक रूपमा कठिन रहेका गाउहरूमा सहयोग गर्ने संस्थाको मुल उद्धेस्य अन्तर्गत उक्त स्थानमा सो कार्यक्रम गरेको संस्थाका अध्यक्ष यमु शर्मा सुब्बाले जानकारी दिईन । रूपन्देहीका सदस्य इश्वरी पन्त भुषालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन रूपन्देही शाखाका सह सचिब इन्द्र बि.क ले गरेकी थिईन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १२ : ४१ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत