११ चैत्र २०८२, बुधबार | March 25, 2026

पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुसँग छलफल गर्दै सभामुख सापकोटा, प्रधानमन्त्री ओली नजाने



काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाद्वारा आव्हान गरिएको सर्वदलीय बैठक आज बस्दैछ । संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न भन्दै सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन ।

आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार यो बैठकमा सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको छ । नेतालाई पठाइएको निमन्त्रणा पत्रमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि यो बैठकमा संसद विघटनपछि अब के कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने बताइएको छ ।

यसैबीच सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो’ सल्लाहकार थापा भन्छन्, ‘प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन। भेटेर छलफल गर्ने हो। यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न ।’

नेकपाा एमालेको असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : ४७ बजे

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित