१७ माघ २०८२, शनिबार | January 31, 2026

मिनी विश्वकप अर्थात् युरोकप आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा इटली र टर्की भिड्दै



काठमाडौं । युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको ‘मिनी विश्वकप’ को रुपमा परिचित युरोकपको १६ औं संस्करणको महादेशीय फुटबल प्रतियोगिता आज रातिबाट शुरु हुँदैछ ।

प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुनेछ । शुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय भएपनि कोरोना महामारीको कारण एक वर्ष पछाडि धकेलिएको थियो । एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम युइएफए युरो २०२० नै राखिएको छ । त्यसैले पहिलो पटक युरोकप विजोर वर्षमा हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेल आज इटालीको रोममा हुँदैछ । उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ । कोरोना महामारीका कारण खेलमा सीमित दर्शकलाई मात्र प्रवेश दिइनेछ ।

प्रत्येक देशमा समूह चरणका तीन खेल र अन्तिम १६ वा क्वार्टरफाइनलको एक खेल हुनेछन् । ६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन् ।

समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन् । समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे, राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन् । अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन् । सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५ बजे हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : १९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक