९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

युरोकपको फाइनलमा आजराती स्पेन र इङल्याण्डको भिडन्त



काठमाडौं । आजराति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि शुरु हुने छ ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।

स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ७ : १९ बजे

कोहलपुर मालपोतका खरिदार पाण्डेसहित एकजना विचौलिया र एकजना सहयोगी पक्राउ

कोहलपुर । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : अध्यक्ष प्रचण्ड

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ

मालपोत कोहलपुरका कर्मचारी पाण्डे घुस रकम सहित अख्तियारको नियन्त्रणमा

कोहलपुर । मालपोत कार्यालय कोहलपुरका एक कर्मचारीलाई अख्तियारले घुस बापत

भिजिट भिसामा रोजगार विभाग र मन्त्रालयको सरोकार हुन्न : महानिर्देशक भट्टराई

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक