१८ चैत्र २०८२, बुधबार | April 1, 2026

दाङको तुलसिपुरमा गोली चल्यो, गोली चलाउने व्यक्ति प्रहरी नियन्त्रणमा



दाङ । दाङको तुलसीपुर उपमहानगर ८ मा स्थानिय परम्परागत कुलो छुट्याउने विषयमा विवाद हुँदा गोली चलेको छ । परम्परागत अश्वाहारा बनहरी कुलो मिचेर खेती गरिरहेका स्थानिय पुर्णबहादुर ओलीलाई कुलोको जग्गा छाड्न आग्रह गर्दा ओलीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामो समयदेखि नचलेको तर नाप नक्सामा कुलो भएको पुरानो कुलोलाई मरमत गरि संचालन गर्ने उद्देश्यले अमिन बोलाई नापी गर्ने क्रममा ओलीले अमिनका छोरा मिलन केसीलाई लक्षीत गरि गोली प्रहार गरेका थिए । ओलीले प्रहार गरेको गोली भने केसीलाई नलागेको ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक झलक शर्माले बताए । गोली प्रहार लगत्तै ओली अर्का एक छिमेकीको मोटरसाईकल चढेर भागेका थिए ।

गोली प्रहार गरि भागेको ओली सहित आकाश चौधरीलाई घटनास्थलबाट ४ किलोमिटर नजिकबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शुक्रवार दिउँसो घटनास्थलबाट ४ किलोमिटर नजिक टिकरीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  २ : ३१ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको