१९ बैशाख २०८१, बुधबार | May 1, 2024

दाङको तुलसिपुरमा गोली चल्यो, गोली चलाउने व्यक्ति प्रहरी नियन्त्रणमा



दाङ । दाङको तुलसीपुर उपमहानगर ८ मा स्थानिय परम्परागत कुलो छुट्याउने विषयमा विवाद हुँदा गोली चलेको छ । परम्परागत अश्वाहारा बनहरी कुलो मिचेर खेती गरिरहेका स्थानिय पुर्णबहादुर ओलीलाई कुलोको जग्गा छाड्न आग्रह गर्दा ओलीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामो समयदेखि नचलेको तर नाप नक्सामा कुलो भएको पुरानो कुलोलाई मरमत गरि संचालन गर्ने उद्देश्यले अमिन बोलाई नापी गर्ने क्रममा ओलीले अमिनका छोरा मिलन केसीलाई लक्षीत गरि गोली प्रहार गरेका थिए । ओलीले प्रहार गरेको गोली भने केसीलाई नलागेको ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक झलक शर्माले बताए । गोली प्रहार लगत्तै ओली अर्का एक छिमेकीको मोटरसाईकल चढेर भागेका थिए ।

गोली प्रहार गरि भागेको ओली सहित आकाश चौधरीलाई घटनास्थलबाट ४ किलोमिटर नजिकबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शुक्रवार दिउँसो घटनास्थलबाट ४ किलोमिटर नजिक टिकरीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  २ : ३१ बजे

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा

गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गुरुङ बुटवलबाट पक्राउ

बुटवल । दिदीको साइनो लगाएर सम्बन्ध बनाई अश्लील भिडियो बनाएर