१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

गण्डकीमा विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष वैकल्पिक सरकारको दाबी पेश गर्दै



पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि २४ घण्टाको समय दिइए पनि विपक्षी गठबन्धनले आजै दाबी गर्ने भएको छ ।

गण्डकी प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार दिउँसो ३ बजे आह्वान गरेकी थिइन । वैकल्पिक सरकारका लागि तयारी अवस्थामा रहेको विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गर्दै दाबी गर्न लागेको हो । आजै दाबी पेश गर्न गठबन्धनले प्रदेश प्रमुखसँग साँझ ५ बजेपछिको समय मागेको छ ।

संविधानको धारा १६८ ३ अनुसार मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले उपधारा ४ अनुसार बिहीबार विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले उपधारा ५ अनुसार वैकल्पिक सरकार बनाउन प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छिन् । यो आह्वानको पर्खाइमा रहेका विपक्षीहरुले सबै सांसदहरुको हस्ताक्षर संकलन समेत गरिसकेका छन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ३१ सदस्यको समर्थन चाहिन्छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सांसद गरी ३१ जनाको हस्ताक्षर बुझाउने तयारी छ । प्रदेश प्रमुखलाई भेट्न सबै ३१ जना नै जाने बताइएको छ ।

दलको ह्वीप विपरित मुख्यमन्त्रीलाई विश्वासको मत विरुद्धमा मतदान नगर्ने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सो दलले आज पुनः कारवाही गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलबाट हटाएको पत्र जनमोर्चाले प्रदेशसभा सचिवालयमा दर्ता गरेपछि आजैको प्रदेसभा बैठकमा सभामुखले थापाको सांसद पद खारेज भएको सूचना सुनाएका थिए । उनको सांसद पद खारेज भएसँगै प्रदेशसभा ५९ मा झरेको छ । जसका कारण पनि विपक्षीलाई वैकल्पिक सरकार गठनमा बहुमत पुर्याउन झन सहज भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ४ : ५० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले