१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचन : मुख्यमन्त्री पोखरेल


२६ कार्तिक २०७९, शनिबार  

195
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताएका छन् ।

पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा पोखरेलले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताएका हुन् । “आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन”, उनले भने “हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो ।”

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, “निर्वाचन एउटा प्रक्रिया मात्रै होइन । निर्वाचन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भयरहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो ।”

यो पाँच वर्षको अवधिमा भएका काम र व्यवस्थाको निरन्तरता यो पटकको निर्वाचनले कायम गर्नुपर्ने उनले बताए। पाँच वर्षको सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा प्रत्येक क्षेत्र नयाँ प्रयोग भएको उनले बताए। अधिकार क्षेत्रका विषयमा केन्द्रसँग विमती रहेको पनि उनले सुनाए। विविध समस्या रहँदारहँदै पनि निर्वाचन सफल बनाउन पछि नहट्ने उनको भनाइ थियो ।

 

भौगोलिक विकटता चुनौती

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न गण्डकी प्रदेशमा भौगोलिक विकटता चुनौती हुने देखिएको छ ।

मनाङ, मुस्ताङ र उत्तरी गोरखामा अहिले हिउँ पर्न थालिसकेको छ । प्रदेश सुरक्षा समन्वय समितिका अुनसार हिउँ पर्ने स्थानमा चुनौती देखिएको हो । समितिका अनुसार गोरखाका २२, मनाङका पाँच र म्याग्दीका तीन वटा गरी ३० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । यी क्षेत्रमा मतदातालाई मतदानका लागि समस्या हुने आँकलन समितिको छ । समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले गण्डकीको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै करिब १८ हजार सुरक्षाकर्मी खटाइने बताए।

पोखरामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा राजनीतिक दल र उम्मेदवारबीच अस्वस्थ प्रतिस्पर्धा पनि चुनौती हुने विषयमा छलफल भएको थियो । निर्वाचनमा परिचालित कर्मचारीको सुरक्षा, कर्मचारीको व्यवस्थापकीय त्रुटी, भौगोलिक विकटता र मौसमका कारण मतपेटिका ढुवानीमा हुन सक्ने कठिनाइ पनि निर्वाचन सुरक्षाका चुनौती हुन् ।

गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ एक सय ९६ र प्रदेशसभातर्फ दुई सय ३५ उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ २२ महिला र प्रदेशसभातर्फ २९ महिला उम्मेदवार छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले इजाजत लिएका हातहतियार अझै नबुझाएका कारण चुनौती बढेको बताए । “इजाजत लिएका हतियार एक हजार आठ सय हाराहारी मात्रै बुझाएका छन् । बाँकी हतियार आएको छैन”, उनले भने, “ अवाञ्छित गतिविधि होला भनेर १५ दिन अगाडिदेखि नै रक्सी बिक्री वितरणमा रोक लगाएका छौँ । ७२ घण्टा अगाडि बोर्डर सिल गरिन्छ ।”

गण्डकीको गोरखामा रुइला भन्ज्याङ, नवलपुरको छोटी भन्सार तथा मुस्ताङको कोरला नाका सिल हुनेछ । यद्यपि उत्तरका नाका कोरोना कालदेखि नै बन्द अवस्थामा छन् । छोटी भन्सार खासै चहलपहल छैन ।

गण्डकीमा निर्वाचनका लागि पाँच हजार सात सय ९९ प्रहरी खटिनेछन् । ११ हजार पाँच सय ८० म्यादी प्रहरी, पाँच सय १६ मोबाइल प्रहरी र छ सय ८८ म्यादी प्रहरी तैनाथी हुनेछन् । दुई सय २८ प्रहरी र एक सय २१ म्यादी प्रहरी रिजर्भमा राखिएका छन् । कारागारका मतदानस्थलमा ३० प्रहरी र ५० म्यादी खटाइने प्रदेश सुरक्षा समन्वय समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए

कर्मचारी मतदानस्थलमा १५ प्रहरी र २५ म्यादी, निर्वाचन सेलमा ८४ प्रहरीसहित छ हजार छ सय ८६ प्रहरी र १२ हजार चार सय ६४ म्यादी प्रहरी खटाइने उनले जानकारी दिए । गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन कसैसँग पनि सम्झौता नगर्न निर्देशन दिए । गोष्ठीमा १० जिल्लामा प्रजिअ र सुरक्षा प्रमुख सहभागी भएका थिए । मनाङको टिमले भर्चुअल रुपमा सहभागिता जनाएको थियो । निर्वाचनमा अपनाउनुपर्ने सुरक्षा रणनीति, सबल पक्ष र चुनौतीका बारेमा छलफल गरी निक्र्योल निकाल्न गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा ११ वटै जिल्लाका प्रजिअले जिल्लागत रुपमा प्रस्तुति राखेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : २९ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको