३ पुस २०८२, बिहिबार | December 18, 2025

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थपिए ३७६ जना संक्रमित



पोखरा । शुक्रबार गण्डकी प्रदेशमा यस महिनाकै सबैभन्दा कम संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४०२ जनामा गरिएको नमुना परीक्षणमा ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १११ जना, तनहुँका ३७ जना, गोरखाका २७ जना, लमजुङका ३२ जना, नवलपुरका ७७ जना र स्याङ्गजाका पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, पर्वतका ४४ जना, बाग्लुङका ११ जना, म्याग्दीका ३१ जना मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३४७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ३०८ पुगेको छ ।

शुक्रबार गण्डकीमा यो महिनाकै सबैभन्दा कम ६ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा पोखरामा उपचाररत चार जना, गोरखाका एक जना र नवलपुरका एक जना छन ।

आज मृत्यु भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : १८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका