६ पुस २०८२, आइतबार | December 21, 2025

लोकतन्त्र र संविधान बचाउन दलहरुबीच दिर्घकालिन सहकार्य आवश्यक रहेको सर्वदलीय बैठकको निष्कर्ष



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । नेताहरूले संसद पुनर्स्थापना र लोकतन्त्रका लागि सुरु गरेको राजनीतिक र कानुनी लडाइँ सशक्त बनाउने बताएका हुन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा उपस्थित दलका नेताहरुले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक आन्दोलन सशक्त बनाउनु पर्ने बताए ।

बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आफुले अदालतले संसद पुनर्स्थापना गर्छ भन्ने विश्वास लिएको बताउँदै संसद ब्युँतिएपनि लोकतन्त्रको रक्षाको निम्ति विपक्षी गठबन्धन अझै क्रियाशील हुनुपर्ने बताए ।‘हामीले सुरु गरेको कानुनी लडाइँ निष्कर्षतर्फ उन्मुख छ ।’ उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापना हुनेवित्तिकै विपक्षी गठबन्धनको राजनीतिक लडाइँ नसकिने बताए । ‘संसद फर्किँदैमा हाम्रो राजनीतिक लडाइँ समाप्त हुँदैन, लोकतन्त्रमाथिको बारम्बारको घात रोक्न हाम्रो सहकार्य दीर्घकालीन रूपमा हुनुपर्छ,’ प्रचण्डले बैठकमा भने ।

संघिय समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको बताए ।

पूर्वप्रधानमन्त्रीमा माधवकुमार नेपालले लोकतन्त्रको पक्षमा एकै ठाउँमा उभिएक शक्तिहरूबीच दीर्घकालीन सहकार्य आवश्यक रहेको बताए ।

बैठकमा विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थिती थियो ।

बैठकमा मजदुर किसान पार्टीका प्रेम सुवाल, राप्रपाका दिपक बोहोरा लगायत सहभागी भएपनि प्रधानमन्त्री केपी ओली र उनको नेकपा एमालेले भने सभामुखले बोलाएको बैठक बहिस्कार गरेको थियो ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : ०१ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र