११ चैत्र २०८२, बुधबार | March 25, 2026

जम्मा ७ प्रतिशतले लगाउन पाए कोरोनाविरुद्धको खोप



काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो मात्रा र ८ लाखभन्दा बढी नागरिकले पहिलो तथा दोस्रो खोप लगाएका हुन् ।

तथ्यांकमा नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ६६ हजार ४ सय ८५ उल्लेख छ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजनासमेत बनाएको छ । गत १४ माघ २०७७ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो । हाल, चीनले अनुदान उपलब्ध गराएको १० लाख मात्रा भेरोसिल खोप लगाउने अभियान जारी छ ।

यद्यपि, काठमाडौं महानगरपालिकासहित केही पालिकामा खोप सकिएपछि अभियान स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड-१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई लगाउनुपर्ने देखिएको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खोप खरिदका लागि सरकार लागिपरेको भन्दै केही दिनमै खोप आउने विश्वास दिलाएका छन् । ‘केही दिनमै खोपसम्बन्धी सुखद समाचार सुन्नुहुनेछ,’ मन्त्री तामाङले भने, ‘तर सबैभन्दा मुख्य कुरा सुरक्षित भएर बस्नु नै हो ।’

सरकारले १४ लाख ज्येष्ठ नागरिकलाई हालसम्म कोभिसिल्ड खोप दोस्रो मात्रा लगाइसक्नुपर्ने हो । तर, भारत सरकारमार्फत खरिद गरिएको खोप उपलब्ध नहुँदा ‘कहिले लगाउने ?’ भन्ने अन्योल छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलले कोभिसिल्ड खोप लगाएकालाई एस्ट्रेजेनिका लगाइने जानकारी दिए । तर, सो खोप पनि ‘कहिले आउने ?’ कुनै टुगो छैन ।

औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसिल, कोभ्याक्सिन, स्पुतनिक भी र साइनोभ्याकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : ३६ बजे

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित