२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

बुटवलमा बालबालिका लक्षित कोरोना विरुद्धको दोस्रो मात्राको खोप अभियान शुरु



बुटवल । बुटवल उपमहानगरपालिका भित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप अभियान शुरु भएको छ ।

५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा विद्यालयमा खोप कार्यक्रम सञ्चालन भएको छ । ‘बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरुमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली खटिएर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ, उनले भने–यी विद्यालयहरुमा यस अघि खोप लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा र पहिलो खोप लगाउन छुट भएका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिइनेछ ।’

बुटवल उपमहानगरपालिकाका खोप संयोजक कल्पना भुसालका अनुसार साउन २२ गते आइतबारदेखि साउन ३१ गतेमंगलबारसम्म खोप अभियान सञ्चालन हुनेछ ।

‘बुटवल उपमहानगरपालिकाकालागि आवश्यक खोप हामीसँग आइसकेको छ, उनले भनिन्े– ‘थपखोप आवश्यक भएमा थप खोप ल्याएर लक्षित बालबालिकालाई खोप दिइनेछ ।’

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ४३ बजे

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा