७ पुस २०८२, सोमबार | December 22, 2025

आजको मौसम : देशभरको मौसम बदली, केही प्रदेशमा भीषण वर्षाको सम्भावना



काठमाडौं । नेपालमा यो वर्षको मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

शुक्रबार बिहान नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भित्रिएको सुरूवातबाटै यस वर्ष वर्षा हुन थालेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । मनसुनका कारण प्रदेश १, वाग्मती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका पहाडी भेगमा ठूलो वर्षाको सम्भावना रहेको उनले जनाएका छन् ।

महाशाखाका अनुसार अहिले देशको पूर्वी र मध्य भू-भागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भने ‘भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : २६ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र