१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

विश्वमा बढ्दो डिजिटल टेक्नोलोजी र सुरक्षा



आजको यस २१ औ शताब्दीको तेस्रो दशकमा आइपुग्दा वैज्ञानिकहरुले धेरै आधुनिक प्रविधीको अनुसन्धान गरिसकेका छन् । विश्वमा पहिलो इन्टरनेट सेवा अमेरिकाको University of California Los Angeles मा ई.सं. १९६७ मा ARPA (ADVANCE RESEARCH PROJECT AGENCY) ले ARPANET को आविष्कार गरेको थियो, त्यही नै आजको उन्नत टेक्नोलोजी बनेको छ । वैज्ञानिकहरुले अझै अहिले त AI (Artificial Intelligent) मा सबैभन्दा धेरै अनुसन्धान गरिरहेका छन् । पहिला पहिला कुनै कार्य गर्नको लागि कयौं दिन, महिना र वर्ष लाग्ने काम अहिले छिटो र छोटो समयमा नै पुरा गर्न सकिन्छ । अर्थात वैज्ञानिकहरु कम्प्युटरमा मात्र होइन क्वान्टम कम्प्युटरमा काम गरिरहेका छन् ।

हजारौ लाखौ किलोमिटरको यात्रा केही समयमा नै पार गर्न सक्छौं । त्यस्तै लाखौ करोडैको संख्यामा भएका सुचनाहरु एउटा सानो डिजिटल डिभाइसमा राख्न सक्छौं । त्यस्तै भौतिक रुपमा गर्ने कार्यहरु अहिले धेरैजसो डिजिटल नै भैसकेका छन् । आजभोलि सबै मानिसहरु एउटा सानो डिवाईस जस्तै मोवाईल फोनबाट नै डिजिटल कार्य सम्पन्न गर्छन् । मोवाईल बैंकिङ, सामाजिक सञ्जाल सुचनाको साथै मनोरञ्जनको सारथी बनेको छ त्यो सानो डिभाइस ।

आजभोलि यस प्रविधिको व्यापक प्रयोग भैरहेको छ । यो प्रविधि नआउँदा समाजमा एक आपसमा सामाजिक भाईचारा, माया, ममता यति गहिराईमा थियो, जो ३० वर्ष पहिलेको पुस्ताले देखेको र भोगेको थियो । हो टेक्नोलोजीलाई समय सापेक्ष त्यसको प्रयोजन अपरिहार्य छ त्यसको प्रयोग गर्नु नै पर्छ र यदि समय सापक्ष समयको माग अनुसार हामीले आफुलाई परिमार्जन गरेनौ भने हामी र हाम्रो देशपछि पर्छ । त्यसैले हामीले यस्ता टेक्नोलोजीको प्रयोग गर्नु नै पर्छ । यस किसिमको प्रविधिले मानिसको जीवनलाई छिटो, सरल, आरामदायी र गुणस्तरयुक्त बनाएको छ ।

बढ्दो टेक्नोलोजीको साथै यसबाट विभिन्न किसिमका अनैतिक क्रियाकलाप हुनुका साथै आपसी सद्भाव, माया, ममता र भाईचारा जस्तो समाजमा हुनुपर्ने सामाजिक कुराहरुमा पनि कमी हुँदै गैरहेको छ । आजभोलि एउटा घरमा चार जना छन् भने चारै जना एक एकओटा मोवाईलमा व्यस्तभएका छन् । एउटै घरमा भएर पनि एक आपसमा धेरै कुराकानी गर्ने फुर्सद छैन । बढ्दो टेक्नोलोजीबाट आज समाज र देशको लागि एउटा सुरक्षाको चुनौति देखिएको छ । यस टेक्नोलोजीको प्रयोजनको साथै यसबाट हुने सुरक्षा चुनौतिबाट बच्नको लागि तपाईं हामी सबैले टेक्नोलोजीको बारेमा यसको कार्यविधि कसरी हुन्छ त्यसलाई बुझ्न जरुरी छ । जबसम्म टेक्नोलोजीको कार्यविधि थाहा हुदैन तबसम्म नयाँ प्रविधिको सुरक्षालाई बुझ्न सकिदैन । त्यसैले आजको समयमा यस सानो लेख मार्फत सम्पुर्ण शैक्षिक क्षेत्र तथा समाजमा सबै मानिसहरुलाई बेला बेलामा सामाजिक सञ्जाल जनचेतना अभियान भएमा समाज केहि हदसम्म भएपनि सचेत हुनेछन् । सामाजिक सञ्जालको प्रयोग तपाईं हामीले दैनिक रुपमा १८ देखि २० घण्टा साथ मालिएर हिड्ने मोबाईल फोनको सुरक्षालाई ध्यान दिन जरुरी ठान्दछु । आजको यस टेक्नोलोजी को दुनियामा बैंकिङ कारोबारदेखि लिएर सम्पुर्ण डिजिटल कार्यहरु मोबाइल फोनबाट नै भईरहेका छन् र यसको कार्यक्षेत्र अझै बढिरहेको सर्वविविदै छ । त्यसैले तपाई हामीले प्रयोग गर्ने मोबाइल फोनको सुरक्षामा आफैले ध्यान दिनुपर्ने हुन्छ । यदि हामीले त्यसलाई ध्यान दिएनौ भने पछि ठूलो नोक्सानीको शिकार बन्न सक्छौं ।

हामीले दैनिक रुपमा ८० प्रतिशत साथमा लिएर हिँड्ने यस टेक्निकल डिभाइसलाई सुरक्षित राख्ने साथै यसको प्रयोग गर्ने क्रममा सोशल मिडियामा आउने -Unknown Link, Popup Message, Lottery, मेरो भाग्य कस्तो, म कति पैसा कमाउँछु, म बुढो हुँदाको अनुहार कस्तो हुन्छ) यस्तै किसिमका लिंकहरु जसले मानिसालई सजिलै आकर्षित गर्दछ । त्यसैगरी Fake emails, Unknown Source बाट डाउनलोड गरेका Application हरुबाट आफ्नो मोवाइल फोन ट्रेस भैरहेको हुन सक्छ ।

टेक्नोलोजीको विकास हुनु भन्दा पहिले कुनै चोरले बैंकमा गएर बैंक फोरेर भौतिक रुपमा चोरी गथ्र्यो, तर आज चोर टेक्नोलोजीको भाषामा साईबर अपराध गर्नेले यदि बैंकिङ सुरक्षा बलियो छैन भने विश्वको कुनै पनि कुनाबाट अपराध गर्नसक्छ । बैंक खाताबाट पैसा चोरी गर्न सक्छ ।
जसरी भौतिक संसारमा विभिन्न गतिविधि भैरहेका छन् जस्तै ट्रन्सपोर्ट, बैंकिङ किनबेच, पेशा, निर्माण, सूचना आदिको सञ्जाल त्यस्तै आजको यस टेक्नोलोजीको दुनियाँमा त्यो भन्दा धेरै डिजिटल नेटवर्क ट्राफिक छ, जसलाई हामीले देख्न तथा कन्ट्रोल गर्न सक्दैनौ । यसलाई कुनै व्यक्ति या कम्पनीले कन्ट्रोल गरिरहेको छ । यस उन्नत टेक्नोलोजीलाई राम्रो कार्यको लागि प्रयोग गर्यौ भने हाम्रो समाज देश र पुरै विश्वमा अपराधहरु कम हुन्छन् ।

धेरैजसो मानिसहरुले दैनिक रुपमा प्रयोग गरिने मोवाइल फोनमार्फत विभिन्न सामाजिक सञ्जाल, बैंकिङ कारोबार, सुचना प्रशारण, मनोरञ्जनका एप्लिकेशन, फोटो, भिडियोहरु एक आपसमा सुचना आदानप्रदान गरिरहेका हुन्छन् । यसको उपयोगको साथै यसको सुरक्षामा हुने चुनौतीलाई पनि राम्रोसँग बुझ्नको लागि सल्लाह दिन चाहन्छु । तपाईहरुले कहिले पनि सोशल मिडियामा आफ्नो बैंकिङ सुचनाहरु जस्तै युजर नेम, पासवर्ड, ओ.टि.पी. र ए.टि.एम.को फोटो जस्ता संवेदनशील सुचनाहरु सेयर नगर्न र झुटा फोन कलबाट पनि वच्नको लागि साथै मोवाइल फोन पासवर्ड र सुरक्षा सेटिङ गर्नको लागि सुझाव दिन चाहन्छु ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ४५ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता