१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

विश्वभर बाल श्रमिकको संख्या १६ करोड नाघ्यो, कोरोनाका कारण लाखौं बालबालिका थप जोखिममा



अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र यूनिसेफको नयाँ रिपोर्ट अनुसार विश्वभर बाल मजदूरको संख्या बढेको छ ।

बाल मजदूरी गर्नेहरुको संख्या दुई दशकमा पहिलो पटक बढेर १६ करोड नाघेको नयाँ रिपोर्ट सार्वजनिक भएको हो । पछिल्लो एक वर्षयता कोरोना भाइरसको महामारीका कारण लाखौं वच्चा बाल मजदूरीको जोखिममा परेका छन् ।

‘चाइल्ड लेबरः ग्लोबल एस्टिमेट्स २०२०, ट्रेण्ड्स एण्ड रोड फरवार्ड’ विश्व बाल श्रम निषेध दिवस (१२ जुन अर्थात आज)को दुई दिन पहिले जारी गरिएको थियो । रिपोर्टका अनुसार बाल मजदूरी रोक्ने प्रयास दुई दशकमा पहिलो पटक अवरुद्ध भएको छ ।

सन् २००० देखि २०१६को बीचमा बाल श्रममा संलग्न वच्चाको संख्या ९.४ करोड रेकर्ड गरिएको थियो । तर, अब यो संख्या घट्ने भन्दा बढ्न थालेको छ । रिपोर्टमा बाल मजदूरीमा ५ देखि ११ वर्ष उमेर समुहका वच्चाको संख्या निरन्तर बढिरहेको जनाइएको छ, जुन विश्वभरका कुल बाल मजदूरको संख्याको आधा भन्दा पनि बढी हो ।

रिपोर्टमा भनिएको छ, ‘विश्वभर बाल श्रमिकको संख्या बढ़ेर १६ करोड पुगेको छ । पछिल्लो चार वर्षमा मात्रै ८४ लाख बाल मजदूरको संख्या बढेको छ । कोभिड–१९ को प्रभावका कारण लाखौं थप वच्चा बाल श्रममा आउने जोखिम छ ।’

५ देखि १७ वर्ष बीचको बालबालिकामा जोखिमयुक्त काम गर्नेको संख्या सन् २०१६ देखि अहिलेसम्म ६५ लाख बढेको छ, अर्थात कुल ७ करोड ९० लाख । यसमा उनीहरुको स्वास्थ्य, सुरक्षा र कल्याणलाई नोक्सान पुर्याउने सम्भावना बढी छ ।

यस्तै कृषि क्षेत्रमा बाल मजदूरी गर्ने वच्चाको तथ्यांक ७० प्रतिशत रहेको छ । सेवा क्षेत्रमा २० प्रतिशत र उद्योगमा १० प्रतिशत वच्चा रहेका छन् । यसबाहेक ५ देखि ११ वर्षका लगभग २८ प्रतिशत वच्चा र १२ देखि १४ वर्षको उमेरका ३५ प्रतिशत बाल श्रमिक स्कुलबाहिर रहेका छन् ।
रिपोर्टका अनुसार बाल श्रमिकभित्र केटी भन्दा केटा श्रमिकको संख्या बढी छ । तर यदि प्रतिहप्ता २१ घण्टा घरमा गरिने कामलाई समेत हेर्ने हो भने त बालश्रमको यो लैङ्गिक अन्तर पनि कम हुनजान्छ ।

https://twitter.com/ilo/status/1402777782275297280

ग्रामीण क्षेत्रमा बाल श्रम १४ प्रतिशत रहेको छ । जुन शहरी क्षेत्रमा रहेको ५ प्रतिशत तथ्यांक भन्दा तीन गुणा बढी हो ।

युनिसेफ भारतका प्रतिनिधि डा यास्मिन अलि हकका अनुसार कोरोना भाइरसको महामारी प्रष्टसँग बाल अधिकारका लागि संकटको रुपमा देखिएको छ । महामारीका कारण लाखौं परिवारको गरिबी बढ्दा बाल श्रम बढ्ने जोखिम झन बढेको छ ।

आईएलओका महानिर्देशक गाय राइडर भन्छन्, ‘नयाँ अनुमान एक चेतावनी मात्रै हो । हामी वच्चाहरुको एक पुस्ता नै जोखिममा परेको केवल हेर्न सक्दैनौं ।’

महामारीको परिणामस्वरुप सन् २०२२ को अन्तसम्म विश्वभर थप ९० लाख वच्चा बालश्रममा धकेलिने खतरा बढेको भन्दै रिर्पोटमा चेतावनी दिइएको छ ।

आईएलओ महानिर्देशक भन्छन्, ‘समावेशी सामाजिक सुरक्षाको मद्दतले आर्थिक संकटको स्थितिमा पनि परिवारले आफ्नो वच्चालाई स्कुल पढाउने सामाथ्र्य राख्छ । त्यसकारण ग्रामीण विकासमा लगानी बढाउन र कृषि क्षेत्रमा सम्मानजनक कामकाज बढाउन आवश्यक छ ।’
रिपोर्टका अनुसार कोभिड–१९ का कारण महशुस गरिएको आर्थिक झट्का र स्कुल बन्द हुँदा जुन बच्चा पहिला काम गर्न बाध्य थिए उनीहरु पुनः लामो समय काम गर्न बाध्य भएका छन् या खराब परिस्थितिमा पनि काम गरिरहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारमा काम गर्ने अवस्था नरहनु, आम्दानीको बाटो बन्द हुँदा ठूलो संख्यामा बालवच्चालाई बाल श्रमको सबैभन्दा खराब अवस्थामा धकेल्ने कारण बन्नसक्छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरका अनुसार बाल श्रम विरुद्धको लडाईमा मिलेको सफलता गुम्दै गएको छ । गत वर्ष त यो लडाईं झन कठिन भएको थियो ।

उनी भन्छिन्, ‘अब, विश्वव्यापी लकडाउनको दोस्रो वर्षमा स्कुल बन्द हुनु, आर्थिक व्यवधान र खुम्चिएको राष्ट्रिय बजेटका कारण कैयौं परिवार पीडादायक विकल्प छनौट गर्न बाध्य भैरहेका छन् ।’

त्यसैले, संयुक्त राष्ट्र संघको श्रम एजेन्सीका महानिर्देशक भन्छन्, ‘यो एक महत्वपूर्ण क्षण हो । हामी यसको जवाफ कसरी दिन्छौं धेरै कुरा यसैमा निर्भर भएको छ । यो समय हो नयाँ ढंगले प्रतिवद्धता एवं उर्जा देखाउने अवस्था सुधार्ने र गरिबी एवं बाल श्रमको चक्र तोड्ने ।’

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ९ : ३६ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट