३० माघ २०८१, बुधबार | February 12, 2025

झोलुङ्गे पुल भत्कँदा आवतजावतमा समस्या



वीरगन्ज । पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ ।

सिक्टा नदीमा साढे ७८ लाख रुपैयाँको लागतमा २०७५ असार २५ गते निर्माण सम्पन्न भएको ९८ मिटर लामो र चार फिट चौडाइको सो झोलुङ्गे पुल भत्किन शुरु गरेको हो ।

भौतिक पूर्वाधार कार्यालय पर्सा वीरगञ्जका सूचना अधिकारी दिपक मिश्रका अनुसार उपभोक्ता समितिले २०७४ असार १५ गते निर्माण सम्पन्न गर्ने शर्तमा २०७३ वैशाख २३ गते सम्झौता गरेको थियो तर काम सम्पन्न नभएपछि एक वर्ष म्याद थप गरी २०७५ असार २५ गतेसम्मको म्याद लिई पुल निर्माण गरेको थियो ।

कालिकामाई गाउँपालिकाको रविदास र छिपहरमाई गाउँपालिकाको बन्जारी जोड़ने उक्त झोलुङ्गे पुलको शुरुको भाग भत्किंदा सो बाटो भएर आवतजावत गर्न समस्या भएको छ । -रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १२ : १९ बजे

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी