२१ चैत्र २०८२, शनिबार | April 4, 2026

गण्डकी प्रदेश प्रमुख निवास अगाडि विपक्षी गठबन्धनका सांसदको धर्ना



पोखरा । गण्डकी प्रदेश सरकार निर्माणमा काठमाडौमा जस्तै तुच्छ राजनीतिक दाउपेच देखिएपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार ३१ जना सांसदहरुको बहुमतसहित सशरीर उपस्थित भएर हस्तक्षर सनाखत गराउँदा पनि सरकार गठन नगरेपछि दलहरुले प्रदेश प्रमुखको नियत विरुद्ध धर्ना दिएका हुन् ।

कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नक्कली पत्रसहित पुनः मुख्यमन्त्रीमा दाबी गरेको र त्यसैलाई आधार मानेर नयाँ सरकार गठन हुन नसक्ने भन्दै प्रदेश सभा नै विघटन गर्ने षड्यन्त्र हुन लागेको भन्दै दलहरु प्रदर्शनमा उत्रिएका हुन् ।

धर्नामा प्रदेशसभाका ३१ जना बहुमत सांसदहरु उपस्थित रहेका छन् । गुरुङले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष र राष्ट्रिय जनमोर्चाबाट निस्काशित सांसद कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई सपथ नदिलाए आफुहरु त्यस विरुद्ध अदालतमा जाने र सडकमा आन्दोलन गर्ने विपक्षी दलहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ४ : ५१ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल