१७ माघ २०८२, शनिबार | January 31, 2026

एमालेको फुटले गण्डकीमा कांग्रेसको मुख्यमन्त्री



काठमाडौं । गण्डकी प्रदेशबाट नेकपा (एमाले) नेतृत्वको सत्ता बहिर्गमन सुरु भएको छ । शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गरेकी हुन ।

पोखरेल संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन । योसँगै नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति नेपाली बनेका छन ।

पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली बहुमतको आधारमा मुख्यमन्त्री बनेका हुन । नेपाली मुख्यमन्त्री भएसँगै केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीका गतिविधि र पार्टीभित्रको द्वन्द्वको पहिलो प्रहार गण्डकी प्रदेशबाट सुरु भएको देखिन्छ ।

प्रदेश सरकारमा प्रभावकारी काम गर्दै आएको भनेर चौतर्फी प्रशंसा हुँदै आएका गुरुङ पहिलो पटक केन्द्रीय राजनीतिको सिकार भएका हुन ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व र प्रधानमन्त्री ओलीले पटकपटक प्रतिनिधिसभा विघटन गर्दाको परिणामको रुपमा पृथ्वीसुब्बा गुरुङको बहिर्गमनलाई हेरिएको छ । यसको असर केन्द्रदेखि अन्य प्रदेशसमा समेत देख्न सकिने अनुमान गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ६ : ५२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक