११ कार्तिक २०८३, बुधबार | October 28, 2026

मेलम्ची सुरुङको निरीक्षण थालिने



काठमाडौं । काठमाडौं उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो ।

सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् ।

विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “असार १ गतेदेखि सुरुङमा पानी सुकाएर सबै निरीक्षण गर्दैछौँ । यो पूर्वकार्यतालिका बमोजिम नै हो।”

उनका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्ने छ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ ।

सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरुले समस्या देखे भने वा थप सुझाव दिए भने अरु काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ । आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : ५४ बजे

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६

पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पोखरा । पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान

झापा । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने

कात्तिक १२, १३ र १४ गते उच्चसतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन