पोखरा । पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरी घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्दै आएका २८ वर्षीय आशिष कुँवर रहेका छन्।
प्रहरीका अनुसार गएराति पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा मृत्यु भएको हो।
घाइते कुँवरलाई उपचारका लागि अस्पताल लगिएको थियो। प्राप्त विवरणमा उनलाई गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उल्लेख छ भने अर्को विवरणमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ।
दुर्घटनामा अर्का एक जना पनि घाइते भएका छन्। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















प्रतिक्रिया