१७ माघ २०८२, शनिबार | January 31, 2026

गण्डकी प्रदेशका महान्यायाधिवक्ताले दिए पदबाट राजीनामा



पोखरा । पृथ्वी सुब्बा गुरुङको सरकार ढलेपछि उनले नियुक्त गरेका गण्डकी प्रदेश महान्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्।

महान्यायाधिवक्ता डा. घिमिरेले आफ्नो पदबाट आज राजीनामा दिएका हुन् । घिमिरेले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले राजीनामा बुझाएका छन् । उनलाई निवर्तमान मुख्यमन्त्री गुरुङले २०७४ फागुन २१ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

महान्यायाधिवक्ताको रुपमा घिमिरेले ३ वर्ष ३ महिना काम गरेका छन्। त्यसअवधीमा आफुले गरेको कार्यसम्पादनका क्रममा कुनै त्रुटी भए माफी दिन आग्रह गरेका छन् । घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यवाद पनि दिएका छन्।

गत २७ गते प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि गुरुङ नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि विपक्षी गठबन्धनको बहुमतसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका छन् । नेपालीले शनिबार पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ९ : २४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक