१८ चैत्र २०८२, बुधबार | April 1, 2026

बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्य विरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धु आपत्तिजनक अभिव्यत्ति दिने नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध एमाले मकवानपुरका युवा कार्यकर्ताले आपराधिक दुरुत्साहनको जाहेरी दर्ता गराएका छन् ।

संसद बैठकमा दुई दिनअघि सांसद बैद्यले प्रधानमन्त्री ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको बिषयमा मकवानपुर युवा संघका सदस्य अनिल काफ्लेले जाहेरी दर्ता गराएका हुन् ।

संविधानको धारा १७ (१) र फौजदारी संहिता अनुसार बैद्यले बोलेको बिषयले आपराधीक दुरुत्साहन हुने दाबी गर्दै काफ्लेले जाहेरी दिएका हुन् । बैद्यको अभिव्यक्ति विरुद्ध सर्वत्र आलोचना भएपछि बैद्यले शनिबार सार्वजनिकरुपमा आत्मालोचना गर्दै आपत्तिजनक वाक्य फिर्ता लिएको बताएका थिए ।

वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १० : ११ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ