७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्य विरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धु आपत्तिजनक अभिव्यत्ति दिने नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध एमाले मकवानपुरका युवा कार्यकर्ताले आपराधिक दुरुत्साहनको जाहेरी दर्ता गराएका छन् ।

संसद बैठकमा दुई दिनअघि सांसद बैद्यले प्रधानमन्त्री ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको बिषयमा मकवानपुर युवा संघका सदस्य अनिल काफ्लेले जाहेरी दर्ता गराएका हुन् ।

संविधानको धारा १७ (१) र फौजदारी संहिता अनुसार बैद्यले बोलेको बिषयले आपराधीक दुरुत्साहन हुने दाबी गर्दै काफ्लेले जाहेरी दिएका हुन् । बैद्यको अभिव्यक्ति विरुद्ध सर्वत्र आलोचना भएपछि बैद्यले शनिबार सार्वजनिकरुपमा आत्मालोचना गर्दै आपत्तिजनक वाक्य फिर्ता लिएको बताएका थिए ।

वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १० : ११ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल