४ पुस २०८२, शुक्रबार | December 20, 2025

इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो, नयाँ प्रधानमन्त्रीमा बेनेटले लिए शपथ



काठमाडौं । इजरायमा बेन्जामिन नेतान्याहुको १२ वर्षको सत्ता अन्त्य भएको छ । संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै नेतान्याहुको सत्ता अन्त्य भएको हो । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् ।

नेतान्याहुलाई एक मत अन्तरले पराजित गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन् । उनले अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा ‘अभूतपूर्व’ गठबन्धनको नेतृत्व गरेको बीबीसीले उल्लेख गरेको छ ।

सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि येश अटिड पार्टीका नेता याएर लापिड थप दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई दिएका छन् । उनले आफू बेनेटसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको