१९ बैशाख २०८१, बुधबार | May 2, 2024

इरानले कब्जा लियो इजरायलको कन्टेनर जहाज, १७ भारतीय अझै बन्धक



नयाँ दिल्ली । इरानको रिभोलुसनरी गार्ड्सले इजरायलको एउटा कन्टेनर जहाज कब्जामा लिएको छ । इरानले जहाज कब्जा गरेको घोषणा गरेपछि इजरायली सेनाले यसको परिणाम इरानले भोग्नुपर्ने चेतावनी दिएको छ । इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका कमाण्डोले ‘स्ट्रेट अफ हर्मुज’ नजिकैवाट यो कार्गो पानी जहाज कब्जामा लिएका हुन ।

सो जहाजमा १७ भारतीय पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ । इन्डियन एक्सप्रेसका अनुसार पोर्चुगिज झण्डाको कार्गो जहाज एमएससी एरीजमा २५ चालक दलका सदस्य मध्ये १७ जना भारतीय रहेका छन् । समाचार  अनुसार भारतीय नागरिकको सुरक्षा र चाँडो रिहाइ सुनिश्चित गर्न भारत इरानी अधिकारीहरूसँग सम्पर्कमा रहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आक्रमण भएको देख्न सकिन्छ । बोर्डमा चालक दलका सदस्यले भनेको सुन्न सकिन्छ- ‘बाहिर नआउ’। जहाज कब्जामा लिइएको हेलिकप्टर इरानको अर्धसैनिक रिभोलुसनरी गार्डको थियो। सो कार्गो जहाजमा इजरायली व्यापारी इअल अफरको पनि स्वामित्वमा रहेको जनाइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ३९ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी