१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

भारतीय सेनामा ‘पहिलोपटक’ नेपाली महिलाका लागि भर्ती खुल्यो



काठमाडौं । भारतीय सेनाले नेपाली महिलाका लागि समेत भर्ना (भर्ती) आह्वान गरेको छ । नेपालस्थित भारतीय दूतावासको कल्याणकारी शाखाले भारतीय सेनामा नेपाली महिलाको लागि पनि भर्ती खोलिएको जानकारी दिएको छ ।

भारतीय दूतावास स्रोतका अनुसार भारतीय सेनामा पहिलोपटक नेपाली महिला भर्ती गर्न लागिएको हो । भारतीय सेनामा महिला पुलिस छनोटका लागि हुने ‘र्‍याली’का लागि नेपाली महिलाले पनि आवेदन दिन सक्नेछन ।

भर्तीका लागि छनोट र्‍याली भने भारतको अम्बाल, लखनउ, जवलपुर, बेलगाव, पुने र शिलांगमा हुने छ । भर्तीका लागि हुने छनोटमा सहभागी हुनका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

महिला सेना प्रहरीका लागि न्यूनतम १० कक्षा उत्तिर्ण भएको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ । उमेर भने १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्मको हुनुपर्ने जनाइएको छ । ‘वीर नारी’हरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिएको भारतीय दूतावासको कल्याणकारी शाखाले जानकारी दिएको छ।

शारिरीक मापदण्डका लागि उचाइ १५३ सेन्टिमिटर हुनुपर्ने छ । नेपाली महिलाको हकमा १४९ सेन्टिमिटर उचाइ भएपनि पुग्ने जनाइएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : २७ बजे

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद