२६ बैशाख २०८१, बुधबार | May 8, 2024

विदेशी सेनाको गोली लागि भारतका लागि मर्दैछन् नेपाली युवा, मित्र देश विरुद्ध नेपाली युवाको प्रयोग कहिलेसम्म ?



पाकिस्तानी सेनाको गोलीबाट भारत प्रशासित कस्मिरमा असार २५ गते बिहीबार एक जना नेपाली युवाको ज्यान गयो । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यतर सम्बर गुरुङ नामका ती युवा बिहीबार राति कास्मिरको रजौरेस्थित नवसेरा क्षेत्रमा भएको गोलाबारीमा ज्यान गुमाए । मृतक युवा गोर्खा जिल्लाका थिए । उनी रोजगारीका लागि भारतीय सेनामा भर्ती भएका थिए ।

कश्मिरको नवसेरा क्षेत्रमै भएको गोलीवारीमा अर्का एक नेपाली युवाको मृत्यु भएको थियो एक महिना अघि । भारतीय सेनाको नर्थन कमाण्ड अन्तर्गतको गोरखा राइफल्समा कार्यरत हवल्दार दिपक कार्कीको मृत्यु भएको थियो । ह्वाइट नाइट कर्प अन्तर्गत कश्मिरमा परिचालित थिए गुल्मीका कार्की।

भारत र पाकिस्तानी सेनाबीच दैनिक हुने क्रस फायरमा मृत्यु भएका नेपाली युवाको दृष्टान्त हो यो, जसले भारतीय सेनामा जागिर खान्छन् ।

भारत र पाकिस्तानबीचको तनाबग्रस्त लाईन अफ कन्ट्रोल एलएसीमा दुवै देशले हजारौं सैनिक परिचालन गरेका छन् । एक अर्का विरूद्ध युद्धको अवस्थामा रहेका दुवै देशबाट बारम्बार युद्धबिरामको उल्लंघन भएका घटना सार्वजनिक भैरहन्छन् ।

नेपालमा पाकिस्तानी सञ्चारमाध्यमको कुनै पहुँच छैन । भारतीय सञ्चारमाध्यमले एकपक्षीय रुपमा पाकिस्तानले युद्धबिराम उल्लंघन गरी एलओसीमा गोलाबारी गरेको आरोप लगाउँछन् । नेपालमा त्यसै अनुसार सीमा क्षेत्रको मान्यता निर्धारण हुनेगर्छ । यद्यपी, गतवर्ष भारतबाट पाकिस्तानमा  गरिएको भनिएको ‘कथित’ हवाई आक्रमणमा केही सल्लाका रुख र केही थान चरा मारिएको घटना भारतकै स्वतन्त्र सञ्चारमाध्यमहरु र अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुबाट सार्वजनिक भएपछि भने दुई  मुलुकको सीमा क्षेत्रको वास्तविक अवस्थाबारे नेपालीले पनि केही जानकारी राख्ने र विश्लेषण गर्ने मौका पाए । भारतीय संचारमाध्यमले नेपालका विरूद्ध गरेको विष बमन र फेक न्यूजको धन्दा पछि भने अब केही नेपाली भ्रममा छैनन् । तर, अक्सर, सीमा क्षेत्रमा हुने घटनाको स्वतन्त्र पुष्टि कहिल्यै हुनसक्दैन । त्यसैले प्रपोगाण्डा र अफवाह हावी हुन्छ ।

तर, सवाल भारत र पाकिस्तानको दुश्मनीको होइन, यी दुई दुश्मन मुलुकबीच हुने कुनै पनि युद्ध र हिंसाको चपेटामा नेपाल पर्ने विषय गम्भीर हो । दुई मुलुकको तनाबमा नेपालको संलग्नता कसरी ? गम्भीर प्रश्न उठ्छ । तर, भारतीय सेनामा कार्यरत हजारौं नेपाली युवा जब तेस्रो देश विरुद्धको लडाईंमा प्रत्यक्ष संलग्न गराइन्छन् र माथि उल्लेख गरिएका दृष्टान्त जसरी जब प्रत्येक महिना मृत्युको खबर फैलिन्छ, अनि नेपालको निरपेक्षतामाथि प्रश्न उठ्छ ।

भारतकै कुरा गर्ने हो भने गोर्खाली फौजलाई पाकिस्तान विरुद्ध प्रयोग गरिएको छ । चीन विरुद्ध प्रयोग गरिएको छ । चीन नेपालको छिमेकी हो, पाकिस्तान नेपालको मित्र मुलुक हो । दुई मुलुकसँग नेपालको सुमधुर सम्बन्ध रहँदै आएको छ । तर, नेपाली युवा पटकपटक यि मुलुकका सेना विरुद्ध लड्न विवश बनाइएका छन् । र, चीन एवं पाकिस्तानी सेनाको गोलीको निशाना बनाइएका छन् ।

भारतीय सेनामा झण्डै ४५ हजार नेपाली युवा कार्यरत रहेका छन् । एकलाख बढी त अवकाशप्राप्त भैसकेका छन् । सीधा अर्थमा बुझ्दा भारतीय सेनामा कार्यरत नेपाली युवाले नेपालमा ठूलो मात्रामा रेमिट्यान्स भित्र्याएका हुन्छन् । नेपालको अर्थतन्त्रमा झण्डै ३ प्रतिशत रेमिट्यान्स भारतीय सेनामा कार्यरतहरुबाट भित्रिन्छ भन्ने गरिन्छ । यसै आधारमा बारम्बार भारतीयहरुले नेपालको अर्थतन्त्र धानिदिएको भनेर धक्कु पनि लगाउने गर्छन् । तर, वास्तवमै नेपालका युवा जब कुनै विदेशीका लागि ज्यान गुमाउन बाध्य पारिन्छन्, अनि गोर्खा भर्तिको प्रश्न गम्भीर बनेर निम्तिन्छ । देशभित्र रोजगारीको अभावमा गोर्खा भर्तिका लागि युवाको लगाव अझै छ । हुन त, भारतीय सेनाभन्दा पहिलो आकर्षण बृटिश सेनामा रहेको छ । आकर्षक तलब र प्रभावशाली पेन्सन योजनाकै कारण युवाले आफ्नो भविष्य विदेशी सेनाका लागि जीवन अर्पिन तयार देखिन्छन् । तर, यौटा स्वतन्त्र र सार्वभौम राज्यका लागि यो भन्दा तुच्छ अपमान केही हुन सक्दैन ।

दुईसय वर्षअघि वृटिश इष्ट इन्डिया कम्पनीसँग नेपालको पराजय भएपछि गोर्खा भर्ती सुरु भयो । कथ्यहरु अनेक भएपनि धुर्त बृटिशहरुले पराक्रमी नेपाली सेनाको वीरता र वलिदान र सौर्य देखेर नेपाली युवालाई गुलाम बनाउने योजनाअन्तर्गत गोर्खा भर्ती सुरुभयो । नेपाली युवाले बृटिशका लागि पहिलो र दोस्रो विश्वयुद्धमा दशौं हजारको मृत्युवरण गरे । भारत स्वतन्त्र भएपछि बृटिश र भारतको वण्डापत्र हुँदा केही समेत गोर्खा भर्तीलाई यथावत राख्दै भारत र बृटिश शासकले नेपाली युवा सम्मिलित गोर्खा रेजिमन्टको विभाजन गरे ।

वृटिश उपनिवेशबाट मुक्त भएसँगै विभाजन भएका भारत र पाकिस्तान विरुद्धको पहिलो युद्धमा भारतले तिनै नेपाली युवालाई परिचालन गर्यो । भारतले चीनसँग सन् १९६२मा भएको युद्ध, पाकिस्तानसँग भएको सन् १९६५ को युद्ध, सन् १९७१ को पूर्वी पाकिस्तानको युद्ध, श्रीलंकामा तमिल टाइगर्स विरुद्धको भारतीय सेना परिचालन, सन् १९९९ को कार्गिल युद्धमा गोर्खा सैनिकलाई प्रयोग गर्दै आयो । उता, बृटिशले फकल्याण्डको टापुमा भएको अर्जेन्टिना विरुद्धको युद्धमा गोर्खा सेना नै प्रयोग गर्यो भने अमेरिकाको पछि लाग्दै गरिएका इराक अफगानिस्तान लगायतका अन्य कैयौं युद्धमा पनि गोर्खा सेना नै प्रयोग गर्दै आएको छ । अर्थात, नेपाली युवा विश्वभर बहादुरीका लागि चिनिएका छन् । विदेशी शासकहरुले हरेक युद्धमा फ्रन्टलाइनमा नेपाली युवाको प्रयोग नै गर्दछन् ।

भारतकै कुरा गर्ने हो भने गोर्खाली फौजलाई पाकिस्तान विरुद्ध प्रयोग गरिएको छ । चीन विरुद्ध प्रयोग गरिएको छ । चीन नेपालको छिमेकी हो, पाकिस्तान नेपालको मित्र मुलुक हो । दुई मुलुकसँग नेपालको सुमधुर सम्बन्ध रहँदै आएको छ । तर, नेपाली युवा पटकपटक यि मुलुकका सेना विरुद्ध लड्न विवश बनाइएका छन् । र, चीन एवं पाकिस्तानी सेनाको गोलीको निशाना बनाइएका छन् ।

सेना भएपछि कर्तव्यपरायण गर्न जो कोही युद्ध क्षेत्रमा खटिनुपर्छ । नेपाली युवा भारतको रक्षाका लागि खटिन्छन् । भारतीय सेनाले नेपाली युवा सम्मिलित फौजलाई नै सबैभन्दा खतरनाक फ्रन्टलाईनमा पठाउने गरेको छ । यतिबेला भारती सेनाले कास्मिरको त्यस्तो क्षेत्रमा नेपाली युवालाई खटाएको छ, जहाँ सबैभन्दा चरम सैन्य तनाव छ । भारतीय सेनाले कास्मिरी जनताको मानवअधिकारको उल्लंघन गरेको भनेर एमेनेष्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच लगायतका अन्तराष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले आलोचना गर्दै आएका छन् । कतै नेपाली युवालाई भारतीय जनताकै मानवअधिकार उल्लंघनका घटनामा समेत प्रयोग त गरिएको छैन ? प्रश्न उठाउने ठाउँ रहेको छ ।

तर, मूलतः पाकिस्तानमाथि भारतले गर्ने कुनै पनि सैन्य परिचालनमा नेपाली युवा सम्मिलित फौज अग्रपंक्तिमा खटिन्छ । हालै मात्र चीनसँग गलवान क्षेत्रमा भएको झडपपछि भारतले लद्दाखमा दर्शौ हजार सैनिक थपेको छ । जहाँ ३–१ गोर्खा राइफल्स र ४–९ गोर्खा राइफल्सलाई समेत परिचालन गरेको छ । ३–१ गोर्खा राइफल्स र ४–९ गोर्खा राइफल्सलाई किन्नोर र लाहोलमा स्टयाण्डवाई राखिएको छ । नर्दन सैन्य हेडक्वारर्टरको आदेश पाउने वित्तिकै गोर्खा सैनिक चिनियाँ सेनाविरुद्ध लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा परिचालित हुने अवस्था आउनेछ ।

गोर्खा भर्ति नेपालको विश्वव्यापी अपमानको यौटा तथ्य हो । यस तथ्यसँगसँगै नेपालले गोर्खा भर्तिको विकल्प दिन सके मात्र यसको विरोध गर्ने र बन्द गर्ने हैसियत बनाउन सक्छ ।

सन् १९६२ मा समेत चिनियाँ फौज विरुद्ध भारतले गोर्खा राइफल्सलाई प्रयोग गरेको थियो । यसपटक पनि सम्भावित भिडन्तका लागि नेपाली युवा सम्मिलित गोर्खा राइफल्स परिचालित भएको छ । भलै, चीनसँग खुल्ला युद्ध लड्नका लागि बाहिर जति हल्ला गरे पनि भारत इच्छुक छैन, न त चीन नै भारत जस्तो ठूलो बजारलाई भड्काउने गरी युद्ध लड्न चाहन्छ । यदि युद्ध भैहालेमा भने नेपाली युवा छिमेकी देश चीनसँग पनि लड्न बाध्य बनाइनेछन् ।

देशभित्र रोजगारी नपाउँदा विदेशीको गुलामी गर्न बाध्य बनाइएका ती युवाको बारेमा नेपाल राज्यले भने कहिल्यै सोच्न सकेको छैन । गोर्खा भर्तिको विवाद कायम छ । पक्कै हो, गोर्खाली सेनाका परिवारमा गर्व महशुस हुन्छ होला, परिवारमा सन्तोषजनक रकम मासिक प्राप्त हुँदा । तर, राज्यका लागि यो भन्दा लाजमर्दो विषय अन्य केही बन्न सक्दैन । भाडाका सेना उत्पादन गर्ने मुलुकको नाममा नेपालको बद्नामी विश्वभर फैलिएकै छ ।

अझ, यो भन्दा पनि अर्को घातक विषय त यो छ कि भारत र बेलायतले प्रयोग गर्ने गोर्खा फौज नेपालका मित्र मुलुकहरुप्रति लक्षित छ । नेपालले गोर्खा भर्ति बन्द गर्न सक्ने ल्याकत तत्कालै राख्दैन । भारत र बृटिशबीच भएको बण्डापत्रमा गोर्खाफौजलाई समेत विभाजित गरियो । तर, त्यसपछि भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धीमार्फत नेपालले गोर्खा भर्ती बन्द गर्ने प्रस्ताव भारतीय शासकहरुसामु राख्न सकेन ।

गोर्खा भर्ति नेपालको विश्वव्यापी अपमानको यौटा तथ्य हो । यस तथ्यसँगसँगै नेपालले गोर्खा भर्तिको विकल्प दिन सके मात्र यसको विरोध गर्ने र बन्द गर्ने हैसियत बनाउन सक्छ । देशभित्र रोजगारी नभएको अवस्थामा अर्काको देशका लागि रगत बगाउनु पर्ने बाध्यता नेपाली युवामा छ ।

नेपालको कुनै मुलुकसँग मित्रवत सम्बन्ध छ भन्दैमा विदेशी फौजले गोर्खा फौज प्रयोग नगर्ने अवस्था अहिले छैन । यसैले नेपालले यो भर्तिकै विषयमा पुनर्विचार गर्न जरुरी छ । भारत र वेलायतसँग शीर ठाडो पारेर कुरा उठाउन नेपालले सक्यो भने मात्र गोर्खा भर्ति स्थगित हुन सक्छ । यसअघि गोर्खा फौजमा रहेका युवा र अवकाश प्राप्त गोर्खाली सेनाका परिवारको कुरा समेत सुनेर देशहितमा निर्णय लिनु उपयुक्त देखिन्छ ।

नेपालका नेताहरु सत्ताबाहिर छँदा गोर्खा भर्तिको बारेमा निकै बोल्ने गर्छन् । अक्सर बेलायती सेनामा कार्यरत गोर्खाका बारेमा धेरै नै बोलेका देखिन्छन् । तर, भारतीय सेनामा कार्यरत गोर्खा सेनाको बारेमा कम बोल्छन् । भारतीय गोर्खाली नागरिकले आफ्नो देशको सेनामा भर्ति होउन त्यसमा नेपालको दखलअन्दाजी मिल्ने कुरा भएन, तर नेपाली युवालाई भारतीय सेनामा भर्ति गराउने या बृटिश सेनामा भर्ति गर्ने गराउने र यसैमा रमाउने शासकीय प्रवृत्तिमा रुपान्तरण आउनैपर्छ ।

तर, नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र कुटनीतिका लागि गोर्खा भर्ति गौरब हैन बोझ हो भन्ने तथ्यलाई शासकहरु बुझपचाइरहेका छन् । जसका कारण, एलओसीमा कार्की र गुरुङहरुको मृत्युका घटना पचाउन नेपाली जनता बाध्य भैरहेका छन् ।

(लेखमा व्यक्त गरिएका विचार लेखकका निजी विचार हुन् )

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ४७ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s