५ श्रावण २०८३, मंगलबार | July 22, 2026

माओवादी नेता पाण्डेको हत्या आरोपमा उनकै श्रीमतीसहित ११ जना पक्राउ



कपिलवस्तु । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य दिपक पाण्डेयलाई गोली प्रहार गरी हात्य गरिएको घटना उनकै श्रीमतीको योजनमा भएको तथ्य बाहिरिएको छ ।

प्रहरीले लामो अनुसान्धानपछि सोमबार पत्रकार सम्मेलन गरी अनैतिक सम्बन्धकारण श्रीमती महिमाले दबाब दिएर हत्या गराएको दाबी प्रहरीले गरेको छ ।

कपिलवस्तु नगरपालिका १ आनन्दबाग बस्ने ओमप्रकाश यादव र पान्डेकी श्रीमती महिमाबीच विगत ५ बर्षदेखि सम्बन्ध रहेको आएको थियाे। दुबै श्रीमती बीच मनमुटाव र झैभगडा हुदै आएको थियो यस्तो भएको प्रहरीको अनुसान्धानले देखाएको छ ।

माईक वसकीको (mike basaki ) नामको अप्रेशन नाम दिइ धर्म राज भण्डारीको नेतृत्व अनुसान्धन टोली परिचालन गरी उक्त घटनमा संलग्न ब्यक्तिहरु , बारदातमा प्रयोग गरिएको हातहतियार खरिद बिक्री ओसार पसर गर्न मनिसहरुलाई पक्राउ गर्न सफल भएको कपिलवसतुको प्रहरीले जनाएको छ ।

श्रीमती महिमा पान्डेय र ओम प्रकाश यादवबीच विगत २ देखि ३ वर्ष अघिदेखि नै दिपक पाण्डेयलाई मार्न बिभिन्न ब्यक्तिहरुको प्रयोग गरी सुपारी समेत लिएका र पटक पटक हत्याको प्रयास असफल भएपछि जेठ ४ गते पान्डेलाई गोली हानी घाइते बनाइ मार्न सफल भएको प्रारम्भिक अनुसान्धनले देखाएको प्रहरीले जनाएको छ ।

दिपक पान्डेलाई विगत २ वर्षदेखि मार्न योजना बनाउने हतियार खरिद गर्नै लुकाई छिपाई राख्ने बारदातको आफनो मोटर साईकल वारदातमा संलग्न रही मार्न लगाउने निजको लुकाई छिपाई राखेका ठाँउबाट १ थान पेस्टोटल , १ थान म्यग्जिन २२ म्याग्नको गोली ६८ राउण्ड बरामद भएको छ।

रामजानशाह मुसलमान दिपक पान्डेयलाई मार्न ओम प्रकाश यादवले रु १ लाख किन्ने साथ साथमा दिपक पान्डेलाई समेत ३ राउण्ड गोली हान्न प्रतिबादी महिला पान्डेसग निरन्तर समर्पकर निजको साथबाट स्वचलित १ थान पेस्तोल १ थान म्यग्जिनक र गाली ८ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।

पान्डेलाई मार्न ओम प्रकाश यादबाट बैना बापत सुपारी लिने हतियार लिने साथमा मृतकको गतिबिधिबारे निगरानी गर्नै वारदातको समयमा दिपक पान्डमाथि गोली हान्ने वारदातमा प्रयोग गरेको हतियार पूर्णबिर पाल्पाली सहित लकिछिपी बस्ने अनुसान्धानमा खुलेको छ ।

कपिलबस्तु वडा १ आनन्दबाग कैलाशटोल बस्ने बर्ष ३५ पूर्ण बिर पाल्पाली, वारदातमा प्रयोग भएको कटुवा पेस्टोल १ थान र २ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएकोछ ।

कपिलवस्तु वडा नं २ बर्दाहवा बस्ने सद्दाम हुसैन सकिर अलीकोसँग हतियार खरिद बिक्रीमा संलग्न रहेको, कपिलबस्तुको यशोधारा गाँउपालिका ४ राजेश भन्ने ज्ञानेन्द्र कुमार पान्डे हतियार खरिद बिक्रीमा संलग्न कपिलवस्तु नगरपालिका वडा १ मोटे नरसदा अली १ लाखमा हतियार खरिद गरी ओम प्रकास यादवलाई दिएकामा कपिलबस्तु नगरपालिका वडा २ बरगदहवा प्रविण गुप्ता हतियार खरिद गरिएका सबैलाई सय प्रतिशत पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : ४८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं