७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजदेखि नयाँ शैक्षिक सत्र सुरु, तत्काल भौतिक रुपमा कक्षा सञ्चालन भने नहुने



काठमाडौं । आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोनाका कारण गतवर्षदेखि नै समय तामिलका प्रभावित भएकाले दुई महिना ढिला गरी असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो ।

कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने बताइएको छ ।

असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्ने बताइएको छ । भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुपर्नेछ ।

कोरोना संक्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ । आजदेखि कक्षा १० सम्मका लागि शैक्षिक सत्र सुरु भएको हो । कक्षा ११ को पठनपाठन भने भदौ १ बाट सुरु हुनेछ छ ।

विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्यांकन कार्य पूरा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ५३ बजे

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री

सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन