६ बैशाख २०८१, बिहिबार | April 18, 2024

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध



कालिकोट । लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ । आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

“राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन् ।” उनले भने,“वर्षा नरोकिएका कारणले पहिरो पन्छाएपनि पुनः पहिरो आउँदा राजमार्ग खुलाउन समस्या भएको छ ।” रासस

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : २३ बजे

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज