२४ माघ २०८२, शनिबार | February 7, 2026

ट्यांकर चालक सहचालकलाई खोप लगाउने सहमति, इन्धन ढुवानीको अवरोध हट्यो



काठमाडौं । ट्यांकर चालकलाई कोरोना खोप लगाउने सहमति भएपछि पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ ।

ट्यांकर चालकहरुले कोरोना खोप लगाउन पाउनुपर्ने माग गर्दै आइतबारदेखि इन्धन ढुवानी नै ठप्प पारेका थिए ।

मंगलबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच वार्तामा चालकलाई भोलिदेखि नै खोप उपलब्ध गराउने सहमति भएको छ ।

सहमति अनुसार निगमले उपलब्ध गराएको पासका आधारमा बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ९०० जना ट्यांकर चालक र सहचालकलाई खोप लगाइनेछ । उनीहरुलाई बलम्बुस्थित एपीएफ अस्पतालमा खोप लगाइदिने सहमति भएको छ । यस्तै, अमलेखगन्जमा झण्डै १ हजार ४०० चालक सहचालकले खोप लगाउन पाउनेछन् ।

ट्यांकर चालक सहचालकहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरेर इन्धन ढुवानीको अवरोध हटाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ४६ बजे

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम