२४ माघ २०८२, शनिबार | February 7, 2026

राष्ट्रिय वाणिज्य बैंकद्धारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथा आरोहणदललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं भन्ने मुल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैंया बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरण गरेका थिए ।

फादर एण्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सात माहदेश र पाँच समुन्द्रको सफाई विश्वकै पहिलोपटक गर्ने बताएको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रा.वा.बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोहीदललाई धन्यवाद ज्ञापन गर्नुुहुँदै, किर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए ।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, समरमाथा आरोही सोनाम शेर्पा, संयोजक राज वराईलीले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतले संचालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतद्धय देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, कम्पनी सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ४१ बजे

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम