११ चैत्र २०८२, बुधबार | March 25, 2026

मेलम्चीमा भीषण बाढी र पहिरो : ४० जनाभन्दा बढी बेपत्ता, तीन पक्की पुल बग्यो



काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण ४० जनाभन्दा बढी बेपत्ता भएका छन् । नदी तटीय क्षेत्रमा भएका भण्डारी रिसोर्ट तथा इको रिसोर्टसहित केही रिसोर्ट तथा आधा दर्जनभन्दा बढी माछा फर्म बगाएको स्थानीय अर्जुन भण्डारीले बताए । बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बाढीका कारण मेलम्ची खोलामा रहेको चोक्पु तथा फट्टेको पक्की पुल बगाएको छ । त्यसैगरी जिल्लाको उत्तरी भाग तिपेनी बजार तथा पाँचपोखरी जोड्ने पक्की र झोलङ्गे पुलसमेत बगाएको जिल्ला समन्वय समिमितका सभापति कृष्णगोपाल तामाङले बताए ।

अविरल वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयसँग सम्पर्क गर्न कठिनाइ भएको बताउँदै उनले तत्काल उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली अवलोकनमा जाने तयारी गरेको बताए । स्थलगत अवलोकनपछि मात्र विस्तृत विवरण आउने उनको भनाइ छ ।

यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ । मेलम्ची बजारसहित मेलम्ची (इन्द्रावती) नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ३८ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग