११ चैत्र २०८२, बुधबार | March 25, 2026

मेलम्ची र इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकमा बितण्डा, ५० भन्दा बढी मानिस बेपत्ता (फोटोफिचर)



काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ ।

साथै, बाढीले ठूलो जनधनको क्षति गरेको आशंका गरिएको छ । मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले ठूलो जनधन क्षति गरेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार, त्यहाँ करिब ५० जनाभन्दा बढी मानिसहरु बेपत्ता भएका छन् । बाढीले मेलम्ची खानोपानी आयोजनाको ड्याममा क्षति पुगेको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङका अनुसार, नाकोटे पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएको जानकारी दिए ।

आज बिहानैदेखि घटनास्थलहरुमा प्रहरी टोली, सशस्त्र प्रहरीको टोली जाने तयारी गरेको छ । बाढी पहिरो नरोकिएकाले पैदलस्थलबाट सबै घटनास्थल पुग्न कठिन रहेको सिन्धुपाल्चोक प्रहरीले बताएको छ ।

मन्त्री तामाङको अपिल- ‘प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु । मलाई सम्पर्क गर्न ९८५१०४०८२१ मा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जारा ९८५११७५३१० हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’

फोटोफिचर

 

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ०९ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग