१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

युरोकप फुटबल : टर्कीविरूद्ध वेल्सको शानदार जित



काठमाडाैं । जारी युरोकप २०२० फुटबलमा वेल्सले मा पहिलो जित दर्ता गरेको छ । बुधबार राति समूह ‘ए’ अन्तर्गत भएको खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।

वेल्सले आफ्नाे पहिलाे खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो । बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । दुवै गाेलकाे लागि भने माैका कप्तान ग्यारेथ बेलले जुराइदिएका थिए ।

२४ औं मिनेटमा बेलकै पासमा राम्सीले गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएकाे थियाे । ३७ औं मिनेटमा बुराक इल्माजको प्रहारले पोस्टको दिशा लिन सकेन ।

४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । कप्तान ग्यारेथ बेलको पासमा उनले गोल गरेका थिए । ५० औं मिनेटमा हाकान चाल्हानोग्लुको प्रहार ड्यानी वार्डले बचाए ।

६१ औं मिनेटमा कप्तान बेलले पेनाल्टीमा गोल गर्न सकेनन् । जेकी सिलिकले पेनाल्टी क्षेत्रमा बेललाई लडाएपछि वेल्सले पेनाल्टीको मौका पाएको थियो । तर, बेलको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएको थियो । त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए । उनले बलकाे पासमा गाेल गरेका थिए । बेलको पासलाई नै पेनाल्टी क्षेत्रभित्र भिडभाडमा रोबर्ट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे ।

जितसँगै वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ । दुवै खेलमा पराजित टर्की भने अर्को चरण पुग्ने सम्भावना निकै कम रहेको छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३-० ले हराएको थियो ।

यस समूहमा इटालीको ३ र स्विट्जरल्यान्डको १ अंक छ । यी दुई टोली केहीबेरमा नै खेल्नेछन् । त्यसअघि समूह ‘बी’ मा रहेकाे रसियाले फिनल्याण्डमाथि १-० को जित दर्ता गरेकाे थियाे । रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : २० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने

मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको अनुरोध

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि