२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रुपन्देहीका होटल व्यावसायीले मागे कोरोनाविरुद्धको खोप



बुटवल । कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका लागि उपलब्ध गराएका होटल व्यवसायीहरु पनि कोभिडको फन्ट लाईनमा रहेकाले उनिहरुलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठलाई विहिवार भेटेर होटल व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन ।

सरकारले कोरोना संक्रमण रोकथामको लागि खोप नै सबै भन्दा उपयुक्त विधीका रुपमा लिएको र खोपको उपलब्धता नभयकाले समस्या हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले पर्यटन व्यवसायीलाई खोप उपलब्ध हुदाको समयमा प्राथमिकतामा राखेर व्यवस्था मिलाउने आस्वासन दिए ।

संघका अध्यक्ष राम प्रसाद गौतमले कोभिड-१९ को संक्रमण लम्बिदै जाँदा सामाजिक तथा आर्थिक क्षेत्रमा पर्ने प्रभाव क्रमशः बढ्दै जाने मात्र नभई पर्यटन, होटल, व्यबसायी र मजदुरलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित बनाउन र जीर्ण भएको अर्थतन्त्र चलायमान गराउनको लागि खोपको प्राथमिकतामा राख्नुपर्नेे धारण राखे ।

कोरोना महामारीको संक्रमण फैलिन नदिन सरकारले गरेको निषेधाज्ञाका बिच पनि होटल व्यवसायीले निर्वाध रुपमा कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका उपलब्ध गराएको र जोखिमका बिचमा पनि काम गर्ने व्यबसायी तथा मजदुरलाई कोरोना बिरुद्धको खोपमा प्राथमिकता दिन संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले सरकारसंग माग गरे ।

संकटको घडीमा महामारी नियन्त्रणका लागि तीनै तहका सरकारलाई होटल व्यवसायीले सहयोग गदै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि क्रियाशिल रहने संघले जनाएको छ ।

संघले बिहिवार नै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई भेटी कोभिड विरुद्धको खोप होटल व्यवसायीलाई उपलब्ध गराउन माग गरेको सघका महा सचिव माधव कुमार खनालले बताए । संघमा १ हजार १ सय व्यवसायीहरुको आवद्धता रहेको छ ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ३१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार