१८ चैत्र २०८२, बुधबार | April 2, 2026

ओली सरकार विरुद्धको गठबन्धनलाई थप मजबुत बनाउने कांग्रेस केन्द्रीय समितिको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिँदै थप अन्य दलहरुलाई पनि गठबन्धनमा ल्याउन प्रयास थाल्ने निर्णय गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउँदै अन्य दलहरुलाईपनि गठबन्धनमा सथमा लिएर अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । हाल ओली विरुद्धको मोर्चामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ ।

ओली नेतृत्वको सरकारले लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम गरेको ठहर गर्दै बैठकले लोकतन्त्र र संविधानमा विश्वास गर्ने पार्टीहरू र समूहहरूलाई जोड्दै ओली सरकारका विरुद्ध बृहत्तर एकता कायम गरेर जाने निर्णय गरेको बैठकमा सहभागी एक कांग्रेस नेताले बताए ।

कांग्रेसले २० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको र अहिले पनि सो निर्णय कायम भएको ठहर गरेको छ ।

बैठकमा कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिहरूको विषयमा छलफल भएको पनि ती नेताले बताए ।

त्यस्तै, कांग्रेसको आजको बैठकले यस अघिको निर्णय परिमार्जन गर्दै १४औँ महाधिवेशन १६ देखि १९ भदौसम्म गर्ने निर्णय गरेको छ । कांग्रेसले १२ साउनमा गाउँ तथा नगरको वडाको अधिवेशन, १६ साउनमा गाउँपालिकारनगरपालिकाको अधिवेशन, २० साउनमा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचनक्षेत्र भएको जिल्लामा २३ साउन तथा एकभन्दा बढी निर्वाचनक्षेत्र भएको जिल्लामा २६ साउनमा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रदेश अधिवेशन १ र २ भदौमा गर्ने निर्णय गरेको पनि कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १० : २७ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”