२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो चेक रिपब्लिक



काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् ।

ग्लास्गोस्थित हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा चेकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको चौथो मिनेटमा टोमस सुचेकको हेडर पोस्टभन्दा थोरै माथिबाट गएको थियो]। १८ औं मिनेटमा भ्लादिमिर सौफालको लो क्रसमा प्याट्रिक सिकले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सहजै बचाए ।

२३ औं मिनेटमा छोटो कर्नरपछि कप्तान लुका मोड्रीचले दिएको पासमा इभान पेरिसिचको प्रहार सिधै गोलरक्षक टोमस भाच्लिकको हातमा पुगेको थियो । ३७ औं मिनेटमा चेकले अग्रता बनायो। पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो । प्याट्रिकले गरेको प्रहार लिभाकोभिचले ठम्याउन सकेनन् ।

दोस्रो हाफको सुरुवातमा नै क्रोएसियाले बराबरी गोल फर्कायो । पेरिसिचले गरेको प्रहारगोलमा परिणत भएको थियो । क्रोएसियाका लागि क्रामारीचको पासमा पेरिसिचले गोल गरेका थिए ।

७२ औं मिनेटमा वैकल्पिक खलाडी निकोला भ्लासिचले भार्दिओलको क्रसलाई ऊस्त्कोले पोस्टको दिशा दिन सकेनन् । ८८ औं मिनेटमा ब्रुनो पेत्कोभिचले पेरिसिचको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार चेकका डिफेन्डर टोमस कालासलाई लाग्दै बाहिर गएको थियो ।

बराबरीसँगै चेक समूह डीको शीर्षस्थानमा उक्लिएको छ । चेकले २ खेल खेल्दै ४ अंक जोडेको छ। ३ अंक जोडेको इंग्ल्याण्ड दोस्रो स्थानमा छन् ।

क्रोएसिया १ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्याण्ड अंकविहिन छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको थियो । चेकले पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले हराएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ३१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल