६ पुस २०८२, आइतबार | December 21, 2025

मेलम्ची पीडितका नाममा राहत संकलन गर्नेलाई एक लाख जरिवाना दुई वर्ष कैद



काठमाडौं । मेलम्ची बाढीपीडितको नाममा जथाभावी चन्दा उठाउने र राहत संकलन गर्न थालिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मेलम्चीका बाढी पिडितका नाममा चन्दा वा राहत संकलन गर्न प्रतिबन्ध लगाएको छ ।

प्रशासनले मेलम्चीका बाढी पिडितका नाममा राहत संकलन वा चन्दा संकलन गरे एक लाख जरिवाना र दुई वर्षसम्म कैद हुने चेतावनी दिएको छ ।

विपद् पीडितका नाममा चन्दा वा राहत संकलन नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लाका संघसंस्था र व्यक्तिहरुलाई निर्देशन दिएको हो ।

शुक्रबार प्रशासनले एक विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी कार्वाही गर्ने सूचना मार्फत जानकारी गराएको छ ।

प्रशासनले सरोकारवालाको ध्यानाकर्षण गराराँदै उक्त कार्य गर्नेलाई कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना, दुईवर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने सूचित गरेको हो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : ४४ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र