२० मंसिर २०८२, शनिबार | December 6, 2025

एन आई सी एशियाको डेबिट कार्ड हराए अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने



काठमाडौ । सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म https://iserve.nicasiabank.com मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न एन आई सी एशियाको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने सक्नेछन् ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो ।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप  मार्फत iServe भित्र रहेको Card Service मा ट्याप गरी ‘ Debit Card ReplacementÚ  मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यसका लागि ग्राहकले Debit Card ReplacementÚ मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहक महानुभावले प्राप्त गर्नुभएको इत्ए राखेर भेरिफिकेसन गर्नुपर्छ । सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहक महानुभावले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडीको प्रक्रियामा प्रवेश गर्नुपर्छ ।

आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहकलाई जानकारी गराउँनेछ । यस अनलाईन सुविधाले ग्राहक महानुभावहरूलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड–१९ महामारीको बेला भौतिक दुरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १ : ५२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल