१८ चैत्र २०८२, बुधबार | April 2, 2026

दलित भएकै कारण कोठा भाडामा दिन नमान्ने घरबेटी पक्राउ



काठमाडौं । दलित भएको कारण कोठा भाडामा नदिएको अभियोगमा काठमाडौमा एकजना घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई सुरुमा कोठा भाडामा दिन तयार भएर उनी दलित भएको थाहा पाएपछि कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

सुरुमा कोठा दिन मन्जुरी भएपनि पछि दलित भएकै कारण कोठा दिन ईन्कार गरेको भन्दै रुपाले जाहेरी दिएपछि अनुसन्धानका लागि प्रधानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ५४ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”