१८ चैत्र २०८२, बुधबार | April 2, 2026

पहिरोले पुरियो ट्रक



काठमाडौ । बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ ।

मुस्ताङको जोमसोममा सामान पु¥याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फसेको ट्रकका निकाल्ने प्रयास गर्दागर्दै माथिबाट खसेको पहिरोले पुरिएको थियो ।

चालक र सहचालक सकुशल छन् । यो ट्रक बेनीको न्यु मुक्तिनाथ हार्डवयर एण्ड सप्लायर्सको हो । सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षत्विक्षत् भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिरोले पुरिएकै अवस्थामा रहेको छ ।

केहीदिन अघि अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्से झरनामा दुई दिनसम्म एउटा स्कार्पियो जीप फसेको थियो । पहिरोमा फसेको जिप तेस्रो दिनमा कालीगण्डकीमा खसेर बगाएको थियो । रुप्सेको सडक आइतबार खुलाइएको छ ।

भुरुङ–तातोपानीको नागढुङ्गामा कालीगण्डकीले सडक र तटबन्ध बगाएपछि अवरुद्ध छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको चमेरेमा शनिबार राति खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ३४ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”