धनकुटा । टिप्परको ठक्करबाट नेपाली काँग्रेस धनकुटाका सचिव कृष्ण थापाको मृत्यु भएको छ। मोरङको विराटचौकमा टिप्परको ठक्करबाट थापा सहित २ जनाको मृत्यु भएको हो । धनकुटाबाट झापा जाने क्रममा आइतबार राति ७ः ४० बजे मोरङको विराटचोकमा थापा सवार मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरीका अनुसार अनुसार ठक्करबाट धनकुटा पाख्रिबासका थापा र सुनसरीको इटहरी उपमहानगरपालिका ४ का दीपु शाहको मृत्यु भएको छ । मृतक थापा काँग्रेस धनकुटाका जिल्ला सचिव भएको र शाह बेलबारीस्थित एनएमबी बैंकका कर्मचारी भएको प्रहरीले जनाएको छ । टिप्परले विराटचोक नजिकै थापा सवार को ३६ प ५९७९ नम्बरको मोटरसाइकल र शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकललाई एकैपटक ठक्कर दिएको थियो ।
दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति मृत्यु भएको हो ।



















प्रतिक्रिया