१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कोपा अमेरिका : उरुग्वेसँग बराबरीमा रोकियो चिली



काठमाडौं । कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न समूह ’ए’ को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन ।

ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १-१ गोलको बराबरीमा रोकिएका हुन ।

खेलको २६औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा अग्रता बनाएपनि चिलीले खेल जित्न सकेन । पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि दोस्रो हाफमा चिलीका आर्टुरो भिडालको आत्मघाती गोलले उरुग्वे र चिली १-१ को बराबरीमा रोकिए ।

बराबरीसँगै ३ खेलबाट ५ अंक जोडेको चिली समूह ’ए’ को शीर्षस्थानमा छ । त्यस्तै ४ अंक जोडेको अर्जेन्टिना दोस्रोमा, ३ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहँदा १ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ। त्यस्तै जितविहीन बोलिभिया तालिकाको पुछारमा छ ।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ । दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्नेछन ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : ३१ बजे

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने