३१ श्रावण २०८३, आइतबार | August 16, 2026

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतम आदिवासी जनजाति समुदायप्रति दिएको भनिएको अभिव्यक्तिका कारण विवादमा परेकी छन्।

चुनावी सभामा बोल्ने क्रममा गौतमले ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भन्ने आशय व्यक्त गरेको आरोप लगाउँदै नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले कडा आपत्ति जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा गौतमको अभिव्यक्तिलाई आदिवासी समुदायको स्वाभिमान र राजनीतिक चेतनामाथिको आघातका रूपमा व्याख्या गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि यस्तो टिप्पणीले वर्षौंदेखि आफ्नो पहिचान र अधिकारका लागि संघर्षरत समुदायको मानमर्दन मात्र नभई उनीहरूको विवेक र चेतनामाथि गम्भीर प्रहार गरेको छ।

महासंघले सम्बन्धित अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्न माग गर्दै त्यसो नगरे उम्मेदवार गौतमविरुद्ध चुनावी बहिष्कारसहित आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।

विज्ञप्तिमा चितवन क्षेत्र नम्बर ३ का सम्पूर्ण संयन्त्र परिचालन गरी आवश्यक कदम चालिने उल्लेख गरिएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १ : ०६ बजे

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको